Back To Top

April 14, 2025

बढ्न थाल्यो रकमान्तरको राडार

Global Ime Bank

काठमाडौँ
लामो तयारी र ठूलो जनशक्तिकै संलग्नतामा कुन क्षेत्रमा कति वजेट विनियोजन गर्ने तर आर्थिक वर्षको मध्यतिर पुग्दा एउटा कार्यक्रमलाई छुट्याएको रकम अन्तै सार्ने प्रवृति यो वर्ष पनि सुरु भएको छ ।

बजेटको शिद्धान्त, मान्यता र घोषणासमेतको विपरित हुने गरी अर्थमन्त्रालयले गत फागुनमा मात्रै तीन अर्ब २८ करोड रुपैयाँ यता उता गराइदिएको हो । अर्थात बजेटमा एउटा शिर्षकमा विनियोजित रकम अर्कै शिर्षकमा सारिदिएको हो ।
अर्थका अनुसार फागुनमा सबैभन्दा धेरै भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका आयोजनामा रकमान्तर भएको छ । त्यसपछि सहरी विकास मन्त्रालय अन्तर्गतका आयोजना छन् ।

सबैभन्दा धेरै रकमान्तर भएको आयोजना भने रक्षा मन्त्रालयको रहेको छ । अर्थका अनुसार जङ्गी अड्डाको एउटा बजेट शीर्षक घटाएर सोही कार्यालयकै अर्को बजेट शीर्षकमा २३ करोड ५९ लाख रुपैयाँ बजेट सारिएको छ ।

त्यसपछि सहरी विकास मन्त्रालय अन्तर्गतको बस्ती विकास कार्यव्रmमको बजेट घटाएर सघन सहरी विकास कार्यव्रmममा २३ करोड १३ लाख रुपैयाँ रकमान्तर भएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको वैकल्पिक सहायक राजमार्ग विकास कार्यव्रmम शीर्षकको बजेट घटाएर निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाका लागि १३ करोड रुपैयाँ रकमान्तर गरिएको छ ।

फागुनमा अर्थले दुई अर्ब ३८ करोड रुपैयाँ बजेट थप निकासा गरिदिएको छ । जसमा सबैभन्दा धेरै राजमार्ग स्तरोन्नति तथा पुनस्र्थापना कार्यव्रmमका लागि एक अर्ब ३२ करोड रुपैयाँ थप रकम रकमान्तर निकासा गरिएको छ ।

Prev Post

वैंकको व्याजदर शिथिलता कायमै

Next Post

वैशाख पाँचदेखि फेसबुक बन्द गर्ने चेतावनी

post-bars

Leave a Comment