Back To Top

March 29, 2025

सार्वजनिक सुरक्षा सुनिश्चित गर्न महासंघको आग्रह

Global Ime Bank
काठमाडौ ।
नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार भएको प्रदर्शनका क्रममा  भएको मानवीय क्षति लुटपाट र आजगनीप्रति निन्दा व्यक्त गरेको छ ।
शनिबार एक वक्तव्य जारी गर्दै महासंघले सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाट लगायतका हिंसक घटनाबाट ठूलो क्षति पुगेकोमा यसको भत्र्सना गर्दै क्षतिपुर्ति हुनुपर्ने महासंघको माग छ ।
 विभिन्न माग राखी हुने गरेका आन्दोलन÷प्रर्दशन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेशा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन हुनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने गरेको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरू प्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ वक्तव्यमा भनिएको छ ।
चैत्र १५ गते काठमाडौंमा भएको आन्दोलन÷प्रर्दशनका क्रममा मानवीय क्षतिसंगै धनजनमा भएको आक्रमण निक्कै दुखद भएको भन्दै ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
संविधान प्रदत्त अधिकार भित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंसक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्ति माथिको आक्रमण निन्दनीय रहेको महासंघले जनाएको छ । कुनै पनि स्वरुपमा हुने यस प्रकारका घटना प्रति नेपाल उद्योग वाणिज्य महासंघ घोर निन्दा र भत्र्सना गर्दै महासंघले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।
Prev Post

आन्दोलनका नाममा तोडफोड आगजनी र लुटपाट

Next Post

राजावादीको प्रर्दशनले यस्तो क्षति

post-bars

Leave a Comment