अर्थमन्त्री खनालद्वारा चिसापानी–राजकाडा केबलकारको अवलोकन
काठमाडौं : सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार चिसापानीबाट राजकाडासम्म सञ्चालनमा आउने केबलकार परियोजनाको अर्थमन्त्री रामेश्वर खनालले अवलोकन गरेका छन् ।
सुदूरपश्चिम महोत्सव उद्घाटनका लागि धनगढी पुगेका अर्थमन्त्री खनालले उक्त परियोजनाको स्थलगत अवलोकन गरेको जानकारी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिए ।
अवलोकनका क्रममा अर्थमन्त्री खनालले निजी क्षेत्रले तोकिएको समय र बजेटभित्रै काम सम्पन्न गर्ने गरेको सराहना गर्दै परियोजनाप्रति गहिरो चासो र जिज्ञासा व्यक्त गरेका छन् ।