Back To Top

January 3, 2025

एफवान सफ्टको सिस्टम ह्याक, सिटिजन्स बैंकबाट डेढ करोड चोरी

Global Ime Bank AD
Insourance

काठमाडौं
एफवान सफ्टको सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खातामा रहेको साढे ३ करोड रुपैया चोरी गरेको भन्दै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले (सीआईबी)ले ९ जनालाई पक्राउ गरी जिल्ला अदालत काठमाडौमा मुद्दा दायर गरेको छ ।

सिआईबीका अनुसार सफ्टवेयर निर्माता कम्पनी एफवान सफ्टले नै सिटिजन्स बैंकको दरबारमार्ग स्थित शाखामा खाता खोलेको थियो। उक्त सफ्टवेयर ह्याक गरेर एफ वान सफ्टकै खाताबाट ३ करोड ५१ लाख ५० हजार रुपैयाँ चोरी भएको जनाइएको छ ।

यो चोरी प्रकरणमा २४ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा विद्युतीय ठगीको कसुरमा मुद्दा दायर भएको छ। यो प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय साइबर ब्यूरोले गरेको थियो। प्रतिवादी बनाइएका २४ जना मध्ये ९ जना पक्राउ गर्न सफल भएको ब्यूरोले जनाएको छ ।
पक्राउ पर्नेहरुमा ललितपुरको त्रिगुण रत्न बज्रचार्य, सिरहाका राहुल ठाकुर, सिरहाकै पुरुषोतम साह, सप्तरीका कृष्ण रमण राउत, सप्तरीकै संजिवकुमार शर्मा, उदयपुरका कमल थापा मगर, उदयपुरकै दीपक थापा मगर, सुनसरीका सन्देश राई र सुनसरीकै सागर कुमार साह छन् । बाँकी १५ जना भने फरार छन् । उनीहरुलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको सीआईबीले जनाएको छ ।

United long banner ad
Prev Post

एमसीसीले ले थप्यो नेपालमा अनुदान

Next Post

जलपंछि गणना सुरु, हिमाली क्षेत्रमा अझै पुगेन

post-bars

Leave a Comment