Back To Top

August 24, 2025

साउनमा निर्यात ९५.७५ प्रतिशतले बृद्धि

Global Ime Bank AD
Insourance

काठमाडौं ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा निर्यात ९५.७५ प्रतिशतले बृद्धि भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्याँक अनुसार अघिल्लो वर्षको साउन महिनाको तुलनामा झण्डै दोब्बर परिमाणमा अर्थात ९५.७५ प्रतिशतका दरले २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँबराबरको सामान नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको छ ।

अघिल्लो वर्ष साउनमा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँबराबरको विभिन्न सामान नेपालले निर्यात गरेको थियो । साउन महिनामा नेपालमा ११.४२ प्रतिशतका दरले १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँबराबरको विभिन्न सामान आयात भएको छ ।

अघिल्लो वर्षको साउन महिनामा भने १ खर्ब २८ अर्ब ३७ करोड ७७ लाख रुपैयाँबराबरको विभिन्न सामान नेपालमा आयात भएको थियो । यो साउन महिनामा नेपालले १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार गर्दा १ खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ ।

United long banner ad
Prev Post

यस्ता छन् वैकल्पिक वित्त परिचालनका व्यवस्था

Next Post

सुनको विलासिता कर अब एक तहमा मात्र

post-bars

Leave a Comment