Back To Top

February 26, 2025

इभीकेा किन्न वढाईयेा डाउनपेमेन्ट

Global Ime Bank

काठमाडौं। नेपाल राष्ट्र बैंकले विद्युतिय गाडीको डाउनपेमेन्ट बढाएर ४० प्रतिशत पुर्याएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा गाडीको डाउनपेमेन्ट बढाईएकेा हो ।

समिक्षाको ४० नम्बर बुदाँमा भनिएको छ, ” व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (Loan to Value Ratio) को सीमालाई ६० प्रतिशत कायम गरिने । अब विद्युतिय सवारी खरिदकर्ताले ४० प्रतिशत नगद पहिले नै जम्मा पार्नु पर्नेछ ।

बैंक तथा वित्तिय संस्थाले भने ६० प्रतिशत फाइनान्स उपलब्ध गराउनेछ । यसअघि २० प्रतिशत डाउनपेमेन्टमा नै विद्युतिय गाडीको खरिद बिक्री हुँदै आएको थियो ।

Prev Post

महशुल वृद्धि बैठक उर्जामन्त्रीकै म्यान्डेटमाः प्राधिकरण

Next Post

अमेरिकी बन्न ५० लाख डलरको ट्रम्प गोल्ड कार्ड पाइने

post-bars

Leave a Comment