Back To Top

October 24, 2024

अन्ततः फेरि काटियो उद्योगमा बिजुली

Global Ime Bank AD
काठमाडौः
दिनभर समाधान निकाल्ने प्रयास विफल भए पछि महशुल विवादमा रहेका उद्योगहरुको विद्युत् आपूर्ति विच्छेद गर्न थालिएको छ ।
असोज २४को सार्वजनिक सूचना अनुसार महशुल भुक्तान गर्न नआएको भन्दै नेपाल विद्यु्त् प्राधिकरणका सम्बन्धित क्षेत्रीय कार्यालयहरुले आफू मातहतका त्यस्ता उद्योगको विद्युत काटिदिएका हुन ।
पछिल्लो जानकारी अनुसार प्राधिकरण क्षेत्रीय कार्यालय रुपन्देहीले भैरहवा क्षेत्रका त्यस्ता उद्योगको विद्यु्त् लाइन काट्न थालि सकेको छ । लाईन काट्ने काम जारी रहेको र थप विवरण आई नसकेको नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालयले जनाएको छ ।
बीरगञ्ज, नेपालगञ्ज र बुटबल क्षेत्रका उद्योगहरुका लाइन आजै काटिने जानकारी प्राधिकरणका एक अधिकारीले दिए ।
हुलास, जगदम्बा, हामा, अशोक स्टील, त्रिवेणी स्पीनीङ, त्रिवेणी सिन्थेटिक, हिमाल स्टील, कसमस सिमेन्ट, एभरेष्ट पेपरका लाइन आज राति नै काटिने स्रोतले जानकारी दियो ।
हुलास स्टीलको १४ करोड १२ लाख, जगदम्बाको १ अर्ब ६० करोड, १८ लाख, हामाको ५ करा्ेड ८५ लाख, अशोक स्टीलको १४ करोड १२ लाख, त्रिवेणी स्पीनीङको ३२ करोड ९ लाख, त्रिवेणी सिन्थेटिकको ४ करोड ३९ लाख, हिमाल स्टीलको १३ करोड ६५ लाख, कसमस सिमेन्टको ९ करोड ७७ लाख, एभरेष्ट पेपरको ९ करोड ४४ लाख रुपैयाँ बक्यौता छ ।
United long banner ad
Prev Post

महशुल विवादमा प्राधिकरण सञ्चालक समिति अनिर्णित, उद्योगीलाई बोलाईयो छलफलमा

Next Post

सूचना प्रविधिमा लगानी गर्न युएस चेम्बरलाईआग्रह 

post-bars

Leave a Comment