Back To Top

April 9, 2025

डेडिकेटेड र ट्रंकलाइन’को बक्यौता रकम उठाउन निर्देशन

Global Ime Bank

काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगहरूसँग ‘डेडिकेटेड फिडर र ट्रंकलाइन’को बाँकी बक्यौता रकम यकिन गरेर तत्काल उठाउन निर्देशन दिएका छन् ।

ऊर्जा मन्त्रालयमा आज मन्त्रालयका सचिव सुरेश आचार्य, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर उनले बक्यौता उठाउन निर्देशन दिएका हुन् ।

विसं ०७३ माघदेखि ०७५ वैशाखसम्म विभिन्न उद्योगलाई ट्रंकलाइन र डेडिकेटेड लाइनमार्फत विद्युत् उपलब्ध गराइएको र सोको महसुलसम्बन्धी विवाद रहँदै आएको छ ।

ऊर्जामन्त्री खड्काले विद्युत् महसुल विवाद समाधान गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा बाँकी बक्यौता उठाउन निर्देशन दिएका हुन् ।

आयोगको प्रतिवेदनमा ट्रंकलाइन र डेडिकेटेड लाइन प्रयोग गरेबापत टीओडी (टाइम अफ डे) मिटरसमेतका आधारमा अध्ययन गरी बक्यौता असुल गर्न सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्को गत कात्तिक २७ को निर्णयानुसार टीओडी मिटरसमेतको तथ्यांक पुनः परीक्षण भई आएमा विद्युत् बक्यौता तिर्न उद्योगीहरू सहमत भए पनि विद्युत् प्राधिकरणले उपलब्ध गराएको ट्रंकलाइन र डेडिकेटेड लाइन प्रयोग गरेबापतको टीओडीबाट हिसाब नगरेको महसुलमा उद्योगीले असहमति राख्दै आएका छन् ।

Prev Post

म्यानमारका भूकम्प पीडितलाई नेपाली उद्यमीको राहत

Next Post

उत्पादन र उत्पादकत्व बढाउनु अपरिहार्यः अध्यक्ष अग्रवाल

post-bars

Leave a Comment