Back To Top

April 29, 2025

दाउन्ने खण्ड थप १५ दिन बन्द हुने

Global Ime Bank AD
Insourance

बुटवल।

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड थप १५ दिन राति ६ घण्टा बन्द हुने भएको छ । यसअघि वैशाख १५ गतेसम्म राति ६ घण्टा बन्द गर्दा पनि बाटो विस्तारको काम नसकिएको भन्दै सडक आयोजना निर्देशनालयले थप १५ दिन बाटो बन्द गर्ने जनाएको हो ।

निर्देशनालयले आज मङ्गलवार एक सूचना निकाली वैशाख ३१ गतेसम्म राती ११ देखि बिहान ५ बजेसम्म बाटो बन्द गरिने जनाएको छ । यसअघि चैतमा ५ दिन दिउँसो चार घण्टा सवारी आवागमन रोकेर काम गरिएको थियो ।

बाटो बन्द भएको बेला बुटवल तर्फ जाने बस, मिनिबस, माइक्रो, बस तथा साना सवारी साधनलाई होङ्सी सिमेन्ट गेट दुम्किबास बजार खण्डमा र नारायणघाटतर्फ जाने सवारी साधनलाई चिसापानी बर्दघाट खण्डमा रोकिने आयोजनाले जनाएको छ ।

त्यस्तै बुटवल तर्फ जाने मालवाहक सवारी साधनलाई चोरमारा–आरुणखोला  बजार खण्डमा र नारायणघाट तर्फ जाने मालवाहक साधनलाई ज्यामिरे हकुई खण्डमा रोकिनेछ ।

 

सवारी साधन नै रोकेर बाटो विस्तारको काम गर्ने भएपछि वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले चालकलाई अनुरोध गरेको छ । पूर्वबाट पश्चिम जाने सवारी साधनले गैँडाकोटदेखि कालिगण्डकी करिडोरको सडक र पूर्वबाट पश्चिम नारायणघाट तर्फ आउने सवारी साधनले बुटवलबाट पाल्पा हुँदै कालिगण्डकी कोरिडोरकै सडक प्रयोग गर्न सक्ने  सक्नेछन्

United long banner ad
Prev Post

सगरमाथा क्षेत्रमा व्यवसायिक उडान नगर्न चेतावनी

Next Post

पाथीभरा केबुलकारद्वारा वार्ता आह्वान

post-bars

Leave a Comment