Back To Top

February 14, 2026

स्वदेशी उत्पादन प्रवर्दनमा सरकारको चासो पुगेन

Global Ime Bank AD
Insourance

काठमाडौ ।
नेपाल उद्योग परिसंघले स्वदेशी उद्योग तथा उत्पादन प्रवर्दन गर्न नीतिगत, व्यवहारिक सुधारमा सरकारको प्रयास कमजोर रहेको बताएको छ।
परिसंघले सुक्रबार आयोजना गरेको मेक इन नेपाल स्वदेशी सम्बन्धी कार्यक्रममा परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले २०७७ सालदेखि सुरु गरिएको सो अभियानको समिक्षा गर्दै यसलाई अझै शसक्त बनाउनु पर्ने बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले वार्षिक १ हजार थप उद्योग दर्ताको लक्ष्यमा करिव ४४ प्रतिशत सफलता मिलेको, वार्षिक रोजगारी सृजनाको लक्ष्यमा १५देखि २० प्रतिशतमात्रै सफलता प्राप्त हुने गरेको र निर्यात प्रवर्दन गर्दै जाने लक्ष्य पनि उत्साहजन रुपमा स्थापित हुन नसकेको तथ्याड्क प्रस्तुत गरे । उनले समग्र आर्थिक तथा अन्य परिस्थिति जन्य कारणले नेपालमा उद्यम क्षेत्र संकुचित बन्नु परेको भन्दै उद्यमशीलता प्रवर्दनका लागि उत्साहजनक वातावरण निर्माण गर्नु अत्यावश्यक रहेको बताए । “हामीले चाहेअनुसारको उपलब्धी हासिल गर्न सरकारी संरचना, राज्य, दलहरु तथा अन्य सवै सरोकारवालाको प्रयास जरुरी छ,” उनले भने ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरीले नेपालमा लगानीकर्ताको मनोबल उच्च बनाउने र विदेशी लगानी आकर्षित गर्ने कार्य निकै असहज बनाइएको धारणा राखे ।सहि अर्थमा स्वदेशी उद्योग प्रवर्दन गर्नका लागि यस्ता उद्योगको उत्पादन विस्तारमा राज्यले कर नीतिदेखि अन्य नीतिगत व्यवस्थामा प्रवर्दनात्मक सोच राख्नु पर्ने सुझाव दिए । विकास प्रक्रियामा राज्यले निजी क्षेत्रको सहि परिचालन गर्नै सकेको छैन, उनले भने, सरकारले विदेशबाट अनुदान खोज्ने भन्दा लगानी खोज्न र ल्याउन सक्ने सोच राख्नु आवश्यक छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गदै परिसंघका शिक्षा तथा सिप समिति सल्लाहकार रामहरि लामिछानेले उद्योग क्षेत्रले खोज्ने खालको जनशक्ति नेपालको शिक्षा प्रणालीले विकास गर्न नसकेको दृष्टान्त पेश गर्दै शिक्षा तथा व्यवसायिक तालिमका विधि र विषयवस्तु परिवर्तन गर्न आवश्यक रहेको औल्याए । कार्यक्रममा परिसंघका महानिर्देशक घनश्याम ओझाँले नेपालमा कृषि तथा जडिबुटीका क्षेत्रमा निर्यात प्रवर्दन गर्ने ठूलो अवसर रहेपनि उचित प्रयास हुन नसक्दा सम्भावना खेर गइरहेको बताए ।

United long banner ad
Prev Post

कार्यसम्पादनमा पाणिनी सर्वोत्कृष्ट,काठमाडौं कमजोर

Next Post

निर्वाचनका लागि ४५४ उम्मेदवार र ४ दलका बेग्लै बैंक खाता

post-bars

Leave a Comment