Back To Top

October 8, 2024

नोट जोगाउनू, दक्षिणा क्युआर गर्नूः राष्ट्र बैंक

Global Ime Bank AD
Insourance

काठमाडौँ ।

दशैका बेला बर्सेनि आम जनतालाई नयाँ नोट उपलब्ध गराउने आप्mनो परम्परा जोगाउन नसकेकोे नेपाल राष्ट्र बैंकले दशैंमा दक्षिणा दिँदा भने नोट जतन गर्न भनेको छ ।

राष्ट्र बैंकले नोटमा जल तथा अबिर नलाग्ने गरी दिन आग्रह गरेको छ। मंगलबार केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

दशैंमा देवीको प्रसादको रुपमा टिका जमारासँगै दक्षिणाको लागि बैंकनोट प्रयोग गर्दै हुनुहुन्छ भने त्यस्ता नोटमा जल, चन्दन, अक्षता, अबिर आदि नलाग्ने गरी होरियारपूर्वक प्रयोग गर्नुहुन नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ। राष्ट्र बैंकले जारी गरेको सुचनामा भनिएको छ।

सफा र सुकिला बैंकनोट चलनचल्तीमा रहुन् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले सफा नोट प्रयोग गर्ने नीति लिइएको केन्द्रीय बैंकले जनाएको छ।

नोटको जतन गरी प्रयोग गर्दा नोटको आयु लम्बिन गई नोट छपाइको आर्थिक भारसमेत कम हुने राष्ट्र बैंकले जनाएको छ।

यस्तै केन्द्रीय बैंकले सकभर डिजिटल दक्षिणा दिन समेत आग्रह गरेको छ।

 

United long banner ad
Prev Post

एनआईसी एशियाको सिएसआर; विद्यालयमा पुस्तकालय

Next Post

पुल पुनः स्थापनाका लागि सरकारले २० वटा बेलिब्रिज किन्ने

post-bars

Leave a Comment