Back To Top

November 26, 2025

लोपहुने खतरामा दुर्लभ पञ्छी चिरकालिज

Global Ime Bank AD
Insourance

 मुस्ताङ।

मुस्ताङको थासाङ गाउँपालिकामा पाइएको लोपोन्मुख प्रजातिको रूपमा सूचीकृत भएको चिरकालिज चोरीशिकार, आहारा, डढेलोले वासस्थानमा परेको जोखिमका कारण जोगाउनै मुस्किल परेको छ ।

नेपालमा एक हजारभन्दा कम सङ्ख्यामा रहेको चिरकालिज पाइने थासाङ गाउँपालिकाको बुङ्गा खर्क, सेकुङ खर्क, ताङ्जे, सार्को खर्क, पुदार खर्क, पाङ्पु खर्क र तिती खर्कमा रहेको स्टेशनमा गरिएको अध्ययनमा कालिज लगायतका पंक्षीलाई पासो थाप्ने, जलवायु परिवर्तनको असर तथा प्रचार–प्रसार र समुदायमा जनचेतनाको अभावका कारण संरक्षणमा चुनौती देखिएको हो ।

नेपाल पंक्षीविद् संघले लामो समयको अनुसन्धानमा चिरकालिजको सङ्ख्या बढेको देखिए पनि चोरीशिकारी, डढेलोका कारण वासस्थानमा गम्भीर असर गरेको जनाएको छ ।

उडेर लामो यात्रा गर्न नसक्ने भएकाले पनि शिकारीको निशानामा पर्न सक्ने भएकाले जोगाउन अति आवश्यक रहेको जनाइएको छ ।

जमिनमा हिँड्ने भएकाले जङ्गल क्षेत्रमा हुने मानवसिर्जित गतिविधिका कारण प्रत्यक्ष असर गर्ने अनुसन्धानकर्ताको भनाइ छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय जोमसोम अन्तर्गत पर्ने थासाङ क्षेत्रमा बर्सेनि डढेलोका कारण भुइँमै गुँड बनाएर बच्चा कोरल्ने चिरकालिजको गुँड डढेलोले तहसनहस बनाउने, अण्डा र चल्ला र उडेर लामो यात्रा गर्न नसक्ने भएकाले वयस्कसमेत मर्ने अनुसन्धानको क्रममा देखिएको छ ।

थासाङ क्षेत्र छिमेकी जिल्ला म्याग्दी र कास्कीसँग सिमाना जोडिएको पहाडी भूगोल भएकाले समेत मुस्ताङको अन्य पालिकाको तुलनामा डढेलो फैलिने गरेको छ । मुस्ताङमा गरेको अध्ययनको प्रतिवेदनमा चिरकालिज सन् २००४ मा १७, २००६ मा ११ जोडी, सन् २००९ मा ६ जोडी र सन् २०२५ मा १८ जोडी भेटिएको छ । एक्याप क्षेत्र भएकाले बन्दुकको प्रयोग कम गरी लुकिछिपी पासो थाप्ने, डढेलोका कारण फैलिनुपर्ने सङ्ख्यामा कमी नै रहेको अध्ययनले देखाएको छ ।

चिरकालिजको सङ्ख्या बढाउने समय चैत, वैशाख र जेठ महिनामा नै वासस्थान जोगाउन मुस्किल हुने गरेकाले डढेलो र चोरीशिकारी नियन्त्रणमा समुदायको सहयोग महत्वपूर्ण रहेको अनुसन्धानकर्ता रजकको भनाइ छ ।

यो मुस्ताङको पश्चिम क्षेत्रमा मात्र पाइन्छ । हालसम्मको अध्ययनमा मुस्ताङको पाँच स्थानीय तहमध्ये थासाङमा मात्र भेटिएकाले भविस्यमा अन्तर्राष्ट्रिय स्तरबाट समेत चिरकालिजको अनुसन्धानका लागि आकर्षक गन्तव्य बन्ने नेपाली अनुसन्धानकर्ताको भनाइ छ । विश्वभर करिब १० हजारको हाराहारीमा रहेको अनुमान गरिन्छ ।

United long banner ad
Prev Post

नेपाल बंगलादेश ऊर्जा-सचिवस्तरीय बैठकआजबाट सुरु

Next Post

गोल्याण ग्रुपले जेनजी शहीदका ३२ बालबालिका पढाउने

post-bars

Leave a Comment