छेन्दु-पोखरा व्यावसायिक चार्टर उडान सुरु

पोखरा:
चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान सुरु भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा त्यस्तो उडान गरेको हो ।
यसैबिच छेन्दुबाट पोखरामा आउने सिचुवान एयरलाइन्समार्फत आज व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल ‘पोखरा–छेन्दु फ्लाइट प्रमोसन एन्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’ का लागि प्रस्थान गरेका छन् । १२७ जना चिनियाँ यात्रु लिएर विमान पोखरा विमानस्थल अवतरण गरेको थियो भने १२७ जना नेपाली पर्यटन व्यवसायी लिएर छेन्दु प्रस्थान गरेको हो ।