Back To Top

October 28, 2025

उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न सुझाव

Global Ime Bank AD
Insourance

मुस्ताङ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्लाका उच्च हिमाली क्षेत्रमा कात्तिक १२ गतेसम्म पदयात्रा नगर्न/नगराउन सुझाव दिएको छ।

जल तथा मौसम विज्ञान विभागले कात्तिक १० देखि १२ गतेसम्म उच्च हमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेकाले स्थानीय प्रशासनले सूचना जारी गरी पदयात्रा नगर्न आग्रह गरेको हो।  मुस्ताङको मुक्तिनाथ मन्दिर आसपास हिमपात भएको छ।

 मुस्ताङ प्रशासनको सूचना

विषय- सतर्कता अपनाउने सम्बन्धी जरुरी सूचना।
जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार २०८२ कार्तिक १० देखि १२ गतेसम्म उच्च हिमाली क्षेत्र (मुस्ताङ) जिल्लाको मुस्ताङ डोल्पा याकखर्क क्षेत्र ५८०० मिटर, मुस्ताङ मनाङ थोरङला पास ५४५० मिटर, मुस्ताङ-मनाङ सरिबुङ पास ६००० मिटर र मुस्ताङ म्याग्दी धौलागिरी पदमार्गको धम्पुस पिक) लगायतका क्षेत्रमा भारीदेखि हल्का हिमपात हुने उच्च सम्भावना रहेकोले उक्त क्षेत्रका पदमार्ग भएर पदयात्रा नगर्नु/नगराउनु हुन साथै यस जिल्लाको अन्य भागमा समेत हिमपात/वर्षाको सम्भावना रहेकोले पर्यटक/तिर्थयात्रीहरूले मौसम पूर्वानुमानसम्बन्धी आवश्यक जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ।

विष्णुप्रसाद भुसाल (प्रमुख जिल्ला अधिकारी)

United long banner ad
Prev Post

आज र भोली मौसम प्रतिकुल रहने

Next Post

काठमाडौका ४८ सडकका ठेक्का तोडिदै

post-bars

Leave a Comment