Back To Top

July 16, 2025

बीपीसीबाट वाहिरिँदै नर्वेजियन लगानीकर्ता

Global Ime Bank AD
Insourance

बुटवल पावरको विदेशी लगानीकर्ता नर्वेजियन कम्पनीले आफ्नो सेयर कारोबार मूल्यमा बिक्री गर्ने भएको छ । नर्वेजियन कम्पनी आइकेएन नेपालसँग रहेको ५ लाख ३८ हजार ६८९ कित्तासहित कुल ११ लाख कित्ता सेयर दोस्रो बजारमा बिक्रीमा ल्याउन लागेको हो ।

यसअघि नर्वेजियन कम्पनीले विशाल ग्रुपलाई ब्लक सेलअन्तरगत आफ्नो सम्पूर्ण सेयर प्रतिकित्ता ४५० रुपैयाँमा बिक्री गर्न सहमति गर्दै उद्योग विभागबाट स्वीकृति लिएको थियो । तर, उद्योग विभागले उपलब्ध गराएको पत्रमा समेत सम्बन्धित दिनको कारोबार मूल्यलाई आधार मान्नुपर्ने उल्लेख गरेको र दोस्रो बजारमा सहज रुपमा प्रतिकित्ता ९ सय रुपैयाँको हाराहारीमा बिक्री भइरहेको सेयर घटाएर बिक्री गर्दा कर छली हुने बहस सुरु भएपछि नर्वेजियन कम्पनीले आफुसँग भएको सेयर दोस्रो बजारमा बिक्री गर्न लागेको उक्त स्रोतले जानकारी दिएको छ । ‘अहिले नर्वेजियक कम्पनी र उनीहरुसँग जोडिएको ग्रुपसँग विभिन्न नाममा गरी करिव ११ लाख कित्ता सेयर रहेको छ,’ उक्त स्रोतले भन्यो, ‘ब्लक सेलअन्तरगत यस अघि सहमति भएको मूल्यमा विक्री गर्न समस्या पैदा भएपछि आगामी हप्ता दोस्रो बजारमा चल्तीको मूल्यमा बिक्री गर्न लागिएको हो ।’ यसबाट बजारमा १ अर्ब १० करोड बराबरको सप्लाई आउने देखिन्छ ।

आपसी सहमतिमा सेयर मूल्य घटाएर कर छली गर्न लागेपछि नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमै रोक लगाएको थियो । तर, त्यसरी रोक लगाएपछि अहिले दोस्रो बजारमा उक्त कम्पनीको सेयर मूल्य उच्च रुपमा बढेकाले कम्पनीले बढ्दो मूल्यमै बिक्री गरेर बाहिरिन लागेको हो । जलविद्युत तथा रियल सेक्टर कम्पनीको ३ वर्षे लकिङ सकिएपछि उक्त सेयर दोस्रो बजारमा सर्वसाधारण सेयर सरह कारोबार हुन्छ ।

 

United long banner ad
Prev Post

चीनमा मासिक ९ लाख हरित सवारी दर्ता

Next Post

यूनाइटेड अजोडले बोनस पछि हकप्रद शेयर ल्याउने

post-bars

Leave a Comment