Back To Top

November 2, 2025

वीरगञ्ज भन्सारमा अनलाइन डाटा प्रणाली

Global Ime Bank AD
Insourance

काठमाडौं । वीरगञ्ज भन्सारमा अनलाइन डाटा प्रणाली सुरु भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भएबमोजिम प्रचलित सन्दर्भ मूल्यसूची विस्थापन हुनेगरी बनाइएको अनलाइन भन्सार डाटाबेसको सुरुवात शनिबार अर्थमन्त्री रामेश्वर खनालले गरेका हुन् ।

प्रणालीको सुरुवात गर्दै अर्थमन्त्री खनालले यो प्रणालीले वैध व्यापारलाई प्रोत्साहन गर्ने, मूल्य अभिवृद्धि करलगायत अन्य कर कार्यान्वयनमा सहजता पुग्ने र ‍अनौपचारिक कारोबारमा कमी ल्याउने अपेक्षा राखेको बताए ।

कार्यक्रममा मन्त्री खनालले अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रूपमा रहेको निजी क्षेत्रलाई सुरक्षा र सुशासनको प्रत्याभूतिसहित व्यवसाय सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

United long banner ad
Prev Post

नागढुँगा सुरुङ चलाउन सेवाप्रदायकको खोजी

Next Post

कुलमानले सुल्झाए बन्चरेडाँडा ल्यान्डफिलको सकस

post-bars

Leave a Comment