Back To Top

October 13, 2025

इजरायली सेनाले भन्यो: रहेनन विपिन

Global Ime Bank AD

काठमाडौं ।

इजरायली सेनाका अधिकारीले इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेकोे बताएका छन् ।
इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी इजरायलका लागि नेपाली राजदुत धनप्रसाद पण्डितलाई र त्यसपछि परिवारका सदस्यलाई जानकारी गराएका हुन् । पण्डितले यसको पुष्टिपनि गरेका छन् ।
अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने कार्यक्रम छ । आज छाड्न लागिएका २० जनाको सूचीहरुमा विपिनको नाम छैन । सात जनालाई रेडक्रसलाई बुझाइएको छ ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १) जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।
सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । तर त्यसपछि उनको अवस्था अज्ञात रहँदै आएको छ । गत बुधबार बेलुका विपिनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो ।

Global Ime Bank
Prev Post

ग्लोबल आईएमईले ८ प्रतिशत नगद लाभांश दिने

Next Post

एकिकृत बस्ती विकासमा परिष्कार आवश्यकः घिसिङ

post-bars

Leave a Comment