Back To Top

January 25, 2026

हत्याराको मतियारसँग एउटै मञ्चमा उभिदिनँ:बालेन शाह

Global Ime Bank AD
Insourance

काठमाडौं ।

निर्वाचनको सरगर्मी बढ्दै जाँदा प्रमुख दलका शीर्ष नेताहरूबीच  सार्वजनिक बहसगर्ने विषयले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बहसमा सहभागी हुन तयार रहेको घोषणा गरेलगत्तै झापा क्षेत्र नम्बर ५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका छन् ।  शाहले ओलीले लेखेको फेसबुक स्ट्याटस मै प्रतिक्रिया जनाउँदै ओलीसँग मञ्च साझेदारी गर्न नसकिने बताएका हुन् ।उनले भनेका छन्, ‘हत्याराको मतियारसँग एउटै मञ्चमा उभिदिनँ’ ।

अध्यक्ष ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको भन्दै पारदर्शी बहसका लागि आफू तयार रहेको बताएका थिए ।उनले निर्वाचनमा होमिएका सबै दलका एजेण्डा, विगतका काम र भविष्यको मार्गचित्र (रोडम्याप) बारे आमने-सामने बहस हुनु सकारात्मक हुने उल्लेख गरे ।

United long banner ad
Prev Post

राष्ट्रिय सभाको सदस्यका लागि निर्वाचन सुरु

Next Post

सरकारी पैसा नतिर्ने कालोसूचिमा धेरै जसो ठेकेदार

post-bars

Leave a Comment