Back To Top

September 7, 2025

बीमा प्राधिकरणको अध्यक्ष बन्न १४जनाको आवेदन

Global Ime Bank AD
Insourance

काठमाडौं ।

नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाले आवेदन दिएका छन् ।

अध्यक्ष सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै १४ जनाको नाम सार्वजनिक गरेको हो । यसअघिका अध्यक्ष शरद ओझालाई भदौ २ गते मन्त्रिपरिषद् बैठकले योग्यतामा प्रश्न उठाउँदै पदमुक्त गरेपछि प्राधिकरणको अध्यक्ष पद रिक्त छ ।

अध्यक्ष पदका लागि आवेदन दिनेमा महेश्वर न्यौपाने, रमेशकुमार भट्टराई, यज्ञप्रसाद न्यौपाने, डा. राजेन्द्र पण्डित, डा. दिपबहादुर भण्डारी, देवकुमार ढकाल, ज्ञानेन्द्र अधिकारी, चिन्तामणि सिवाकोटी, डा. दामोदर बसौला, बुद्धकाजी श्रेष्ठ, विष्णुबाबु मिश्र, पारस काफ्ले, विक्रान्त पाण्डे र घनश्याम बुढाथोकी छन् ।

United long banner ad
Prev Post

समाजिक सञ्जाल बन्दको विकल्प खोज्न क्यानको माग

Next Post

एभरेष्ट बैंकको सीईओमा पुन: सुदेश खालिङ

post-bars

Leave a Comment