आबुखैरेनीमा बस दुर्घटना, १० जनाको निधन भएको सशस्त्रको आशँका
काठमाडौ,
तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मस्र्याङ्दी नदीमा खसेको छ । पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । उद्धारमा खटिएको ससत्र प्रहरी बलका टिमका अनुसार करिव १० जनाको हताहती भएको आशँका गरिएको छ ।
तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार रायकाअनुसार अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ । उद्धारमा सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालय बाट एसएसपी माधब पौडेलको कमान्डमा गएका १० जना गोताखोरे ४५ जनाको फौजले उद्दार जारी राखेको शसस्त्र प्रहरी बलका प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनले भने, ‘अप्ठ्यारो भिर भएका कारण घाइते र मृतक उद्दारमा डोरिको सहायताले नदि किनारमा पुग्ने प्रयास भइरहेको छ , प्रारम्भिक रुपमा १०, ११ जनाको मृत्यु भएको बुझिएको छ।’