Back To Top

May 11, 2025

‘निजी क्षेत्रकै नेतृत्वमा अर्थतन्त्रलाई लय’

Global Ime Bank AD

काठमाडौँ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानी कर्ताहरूलाई आकर्षित गरे मात्रै देशको अर्थतन्त्रले लय समात्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासघंले आइतबार काठमाडौँमा आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ को पूर्व बजेट छलफलमा उनले अर्थतन्त्रलाई लयमा फर्काउन निजी क्षेत्रको मनोबल बढाउँदै लगानीकर्ता आकर्षित गर्न आवश्यक रहेको बताए ।
अर्थतन्त्र चलायमान बनाउन बजेटबाट गर्न सकिने सम्बोधन बजेटबाट र कानुनी जटिलता कानुन संसोधनबाट हुने भन्दै निजी क्षेत्रलाई आश्वस्त पारे ।

सरकार बने लगत्तै अर्थतन्त्रको शिथिलतालाई चिर्ने, त्यहाँबाट बाहिर निस्कने र चलायमान बनाउन निजी क्षेत्रकै सल्लाह सुझावमा अगाडी वढ्दै आएको भन्दै उच्च मोनबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

उनले कानुन संशोधन अहिले पर्याप्त नभएको भन्दै निजी क्षेत्रको सहजीकरणका लागि सरकारले ध्यान दिने बताए । समग्र अर्थतन्त्रलाई गतिशील बनाउन ध्यान दिनुपर्छ भन्ने हिसाबले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग बनाएको र त्यसका सुझावहरु क्रमिकरुपमा कार्यान्वयन गर्ने उनले बताए ।

“एकै पटक सबै कार्यान्वयन गर्न सम्भव छैन । बजेटबाट गर्न सकिने सम्बोधन बजेटका माध्यमबाट गर्ने हो, कानुनका माध्यमबाट सम्बोधन गर्न सकिने विषयहरू कानुन निर्माण गरेर वा संशोधनका माध्यमबाट गर्ने हो,” उनले भने ।

Global Ime Bank
Prev Post

तल्लो अरुण प्रभावितलाई मुआब्जा वितरण

Next Post

मौलाकालीमा आइएमई ग्रुपको इला होटल

post-bars

Leave a Comment