Back To Top

May 9, 2025

गभर्नरमा गुणाकरको विकल्प खोज्ने मुडमा काँग्रेस

Global Ime Bank AD

काठमाडौं ।
गभर्नर नियुक्ती विवादमा नेपाली काँग्रेसले नयाँ रणनीति अख्तियार गर्ने भएको छ । भागवण्डामा आफूलाई परेको गभर्नर पद लामोसमय सम्म खाली रहँदा वदनामी बढ्दै गएको आँकलनसहित काँगेसले आफ्नो उम्मेदवारको विकल्प खोज्न थाल्ने भएको छ ।

नेपाली कांग्रेसले राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने दाउँमा छ । तर निमित्त गभर्नरको जिम्मेवारीमा रहेकी डा. निलम ढुँगानाले भट्टको राजिनामा स्वीकृत गरेकी छैनन् । उनले यस निमित्तले कार्यकारी निर्देशकको राजिनामा स्वीकृत गर्ने प्रवाधान नरहेको औपचारिक अभिवक्ती दिइसकेकी छन् । तर ढुँगानाको यो दृढता नेकपा एमालेको आडमै भइरहेको बुझाइ काँग्रेस नेताहरुले गरिरहेको छन् । ढँगानाले भट्टको राजिनामा स्वीकृत गरेर आफ्नै प्रतिस्पधीको संख्या बढाउन नचाहेको स्पस्ट जवाफ पनि सार्वजनिक गरिसकेकी छन् ।

शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा देउवाले गभर्नर नियुक्ति प्रधानमन्त्री वा दुई दलबीचको द्वन्द्वका कारण नरोकिएको ब्रिफिङ गरेका थिए ।

बैठकमा उनले भट्टको राजीनामा स्वीकृत नहुँदा समस्या परेको बताए पछि अन्य नेताले भट्टको विकल्प खोज्न देउवालाई सुझाएको वैठकमा सहभागी एक नेताले बताए । उनको ब्रिफिङपछि कायम मुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले राजीनामा स्वीकृतिका लागि केही दिन हेर्ने र स्वीकृत नगरे विकल्प दिने संकेत उनले गरेको बैठकमा सहभागी एक पदाधिकारी नेताले जानकारी दिए ।
बैठकमा सहभागी एक पदाधिकारीले भने अबको केही दिन हेरेर राजीनामा नभए विकल्मा अर्कै उमेदवार सिफारिस गरी नियुक्तिको प्रक्रिया अघि बढाउने भन्ने भएको जानकारी दिए ।

“एकदुई दिनमा गभर्नर नियुक्त हुने गरी अर्को व्यक्ति सिफारिस हुन्छ । राष्ट्र बैंक अव नेतृत्वविहीन बनाउनु हुँदैन भन्ने सभापति ज्युले पनि महसुस गरिरहनु भएको छ, ” उनले भने।

Global Ime Bank
Prev Post

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि

Next Post

सेतीनदी जल विद्युत आयोजना निर्माण सम्पन्न

post-bars

Leave a Comment