Back To Top

May 1, 2025

महाप्रसाद अधिकारी गभर्नर छनोट समिति सदस्य

Global Ime Bank AD

काठमाडौं ।

नेपाल राष्ट्र बैंकको गभर्नर छनोट समितिले पूर्णता पाएको छ । बुधबार बसेको मन्त्रिपरिषद वैठकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई छनोट समिति सदस्य बनाएको हो ।

पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त स्थानमा अधिकारीलाई सदस्य बनाइएको हो । अधिकारीलाई नयाँ गभर्नर छान्ने जिम्मा दिने निर्णय भएको  हो ।

भट्टराईले छनोट समिति संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकपल्ट पनि बैठक नराखेको तथा कसैको रबर स्टाम्प बन्न नसक्ने भन्दै बैशाख ९ गते राजीनामा दिएका थिए । समितिका अर्का सदस्य डा. विश्व पौडेल हुन् ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार छनौट समितिमा एक जना पूर्वगभर्नर हुनैपर्ने व्यवस्था छ । सरकारले रिक्त पूर्वगभर्नरको स्थानमा निवर्तमान गभर्नर अधिकारीलाई राखेको हो ।
Global Ime Bank
Prev Post

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Next Post

स्वास्थविमा लिन अब बसेकै स्थानबाट रेफर पाइने

post-bars

Leave a Comment