Back To Top

April 29, 2025

सगरमाथा क्षेत्रमा व्यवसायिक उडान नगर्न चेतावनी

Global Ime Bank AD

काठमाडौं ।

सगरमाथा क्षेत्रमा सर्तबाहेक हेलिकप्टर उडान नगर्न खुम्बु पासाङल्हामु गाउँपालिकाले पुनः सचेत गराएको छ । गाउँपालिकाले सन् २०२५ को सुरुवातदेखि नै हेलिकप्टरको व्यावसायिक उडान निषेध गरेको थियो ।

यो नियम संशोधन नभएको स्थानीय सरकारले स्पष्ट पारेको छ । सगरमाथा क्षेत्रमा (लुक्लाभन्दा माथि) हेलिकप्टर उडानका लागि गाउँपालिकाले सर्त राखेको छ ।

सर्त अनुसार यस क्षेत्रमा उद्धार उडान (रेस्क्यु फ्लाइट) गर्न पाइने छ । उडान स्थलमा रहेको स्वास्थ्य संस्थाबाट सिफारिस प्राप्त भई अन्यत्र ‘होल्ड’ नगरी सिधै स्वास्थ्य संस्थामा लैजानुपर्ने वास्तविक रेस्क्यु उडानलाई मात्र यस्तो अनुमति दिइने गाउँपालिकाले स्पष्ट पारेको छ ।

कार्गो फ्लाइट अन्तर्गत पर्वतारोहीका सामान लिएर आएको हेलिकप्टरलाई पाङबोचेसम्म र अनुमति लिएर गरिने अन्य उडान भने गर्न पाइने गाउँपालिकाले स्पष्ट पारेको छ ।

यसबाहेक ४ हजार ३ सय मिटरभन्दा कम उचाइमा ‘वान टच’ मात्र अवतरण गर्ने गरी हुने माउन्टेन फ्लाइटलाई समेत गाउँपालिकाले अनुमति दिएको छ । यस अवस्थामा बाहेक सबै व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाइएको छ ।

नियम उल्लंघन गरी हेलिकप्टर उडान गर्ने र त्यसबाट कुनै परिस्थिति सिर्जना भए हेलिकप्टर व्यवसायी, पर्यटन व्यवसायी र प्याकेज खरिद गर्ने पर्यटक स्वयं जिम्मेवार हुनेसमेत गाउँपालिकाले चेतावनी दिएको छ ।

यस्तो प्याकेज खरिद बिक्री नगर्न समेत गाउँपालिकाले सचेत गराएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रको वन, वातावरण, जैविक विविधता स्थानीय व्यापार र पर्यटन व्यवसायमा नकारात्मक असर परेको भन्दै स्थानीय सरकारले यहाँ व्यावसायिक हेलिकप्टर उडानमा निषेध गरेको हो ।

Global Ime Bank
Prev Post

उत्पादनमुखी नीतिलाई प्राथमिकता दिन चेम्बरको सुझाव

Next Post

दाउन्ने खण्ड थप १५ दिन बन्द हुने

post-bars

Leave a Comment