वैंकको व्याजदर शिथिलता कायमै

काठमाडौँ
सञ्चालनमा रहेका अधिकांश वाणिज्य वैकंले नयाँ वर्षको सुरुवाती महिना वैशाखका लागि पनि चैतमै कार्यान्वयनमा ल्याइएको ब्याजदरलाई निरन्तरता दिएका छन् ।
वाणिज्य बैङकहरूले २०८२ वैशाखका लागि प्रकाशित गरेको ब्याजदरको सूचना २० वाणिज्य वैंकहरूमध्ये तीन वैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने एउटाले वैंकले बढाएको छ । बाँकी १६ वैंकहरूले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।
एभरेस्ट वैंकले ०.६१ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ भने सानिमा, कुमारी र नेपाल वैंकले ब्याजदर घटाएका छन् । सानिमा वैंकले ०.१ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ भने कुमारी वैंकले ०.०९ प्रतिशत र नेपाल वैंकले ०.३५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।
नयाँ ब्याजदर अनुसार एभरेस्ट वैंकको ६.६१ प्रतिशत रहेको छ भने सानिमा वैंकको ५.९५ प्रतिशत, कुमारी वैंकको ५.९२ प्रतिशत र नेपाल वैंकको ५.१५ प्रतिशत रहेको छ ।
वैशाखमा मुद्दती निक्षेपको ब्याजदर अैसतमा ५.९८ प्रतिशत कायम भएको छ ।
बैङ्किङ प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर न्यून विन्दु झरिरहेको छ । यता कर्जा प्रवाहको वृद्घिदर सुस्त रहेको छ । झन्डै डेढ वर्षदेखि वैंकहरूले लगातार ब्याजदर घटाउँदै आएका छन् ।
मुद्धती निक्षेपमै न्यून व्याजदर भएपछि बचतमा करिव ३.५ प्रतिशतको हाराहारीमा व्याज निर्धारण भएको छ । यस अनुसार बचतको व्याज बचतकर्ताका लागि मुद्रा स्फितिको तुलनमा न्युन हुँदै गएको छ ।