भारतमा ब्याजदर घटाउने गरी मौद्रिक नीति

काठमाडौं।
भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इण्डिया’ ले ब्याजदर घटाउनेतर्फ नयाँ मौद्रिक नीति केन्द्रित गरेको छ । बुधबार आरबीआईका गभर्नर सञ्जय मलहोत्राले मौद्रिक नीति सार्वजनिक गर्दै रिपोदर ०.२५ आधार बिन्दुले घटाएका छन् । ५.२५ प्रतिशत रहेको रिपोदर ०.२५ प्रतिशत बिन्दुले घटाएर ६ प्रतिशत कायम गरेका हुन् ।
यससँगै लिक्विडिटी एड्जस्टमेन्ट फ्यासिलिटी अन्तर्गत स्ट्याण्डिङ डिपोजिट फ्यासिलिटी दर ५.७५ प्रतिशत र मार्जिनल स्ट्याण्डिङ फ्यासिलिटी दर तथा बैंक दर ६.२५ प्रतिशत मा समायोजन गरेका छन् ।
गभर्नरमा नियुक्त भएसँगै उनले लगातार दोस्रो पटक मौद्रिक नीतिमा रिपोदर घटाउनेमा केन्द्रित गरेका हुन् । उपभोक्ता मुद्रास्फीति नियन्त्रित र क्रमश घटदो क्रममा रहेको अवस्थामा आरबीआई गभर्नर मलहोत्राले केही सुस्त देखिएको आर्थिक वृद्धिलाई सहयोग पुर्याउन रिपोदर घटाउने निर्णय लिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
अमेरिकाले भारतीय बस्तुहरुको आयातमा लगाएको २५ प्रतिशत थप भन्सारदरले भारतीय निर्यातमा पारेको दबाब र आर्थिक वृद्धिको मन्द गतिका कारण पनि रिपोदर घटाउने गभर्नरको निर्णय अपेक्षाकृत नै छ ।