सरकारले न्याय दिएको छ: शाक्य

काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले न्याय पाएको बताएका छन् ।
साढे तीन वर्षसम्म मुद्दा खेप्दा पनि अदालतबाट न्याप नपाएको भन्दै उनले प्राधिकरणमा पुन: नियुक्ति दिएर सरकारले न्याय दिएको बताए ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । २०७८ साउन २५ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकको जिम्मेवारी कुलमान घिसिङलाई दिने निर्णय गर्यो । घिसिङलाई ४ वर्षका लागि प्राधिकरणको प्रमुखमा सरकारले नियुक्त गरेसँगै प्राधिकरणमा प्रबन्ध निर्देशकका रुपमा काम गरिरहेका हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोग सरुवा गर्ने निर्णय गरेको थियो ।