विश्वका ८३ प्रतिशत सहरको हावा अस्वस्थकर

काठमाडौं ।
स्विट्जरल्याण्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयर ले मंगलबार ‘विश्व वायु गुणस्तर रिपोर्ट २०२४’ सार्वजनिक गर्दै विश्वको अधिकांश जनसंख्या प्रदूषित हावामा सास फेर्दै आएको निष्कर्ष निकालेको छ ।
१३८ देशका ४० हजार वायु गुणस्तर निगरानी स्टेशनहरूबाट संकलित डाटाको आधारमा तयार पारिएको रिपोर्टअनुसार चाड, बंगलादेश, पाकिस्तान, कंगो र भारत विश्वका पाँच सबैभन्दा बढी प्रदूषित देशहरु हुन् ।
रिपोर्टअनुसार, विश्वभरका सबैभन्दा बढी प्रदूषित २० शहरहरूमध्ये १३ शहर भारतका छन् ।
भारतको उत्तरपूर्वी क्षेत्रमा पर्ने बर्नीहाट नामक सानो औद्योगिक नगरलाई विश्वकै सबैभन्दा बढी प्रदूषित महानगर , दिल्ली निरन्तर विश्वकै सबैभन्दा प्रदूषित राजधानी शहर बनेको छ ।
अष्ट्रेलिया, बाहामास, बार्बाडोस, एस्टोनिया, ग्रेनाडा, आइसल्यान्ड र न्यूजिल्यान्ड मात्र विश्व स्वास्थ्य संगठनले तोकेको वार्षिक औसत पीएम २.५ को मापदण्ड पूरा गर्ने देशहरू बनेका छन् ।
यसैबीच, ओसियानियालाई पृथ्वीको सबैभन्दा सफा क्षेत्रको रूपमा सूचीकृत गरिएको छ, जहाँका ५७ प्रतिशत शहरहरू वायु गुणस्तर मापदण्डभित्र छन् ।