पुसको ब्याजदरमा देखियो झिनो सुधार
काठमाडौं ।
वाणिज्य बैंकले पुसका लागि ब्याजदर झिनो वृद्धि गरेका छन् । प्रकासित विवरण अनुसार बैंकहरु ०.०५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको देखिएको छ ।
मंसिरमा २० वटा वाणिज्य बैंकको ब्याजदर औषतमा ५.०७ प्रतिशत रहेको थियो । पुसमा ०.०५ प्रतिशत बिन्दुले बढेर ६.०२ प्रतिशत बिन्दुमा पुगेको छ ।
मंसिरको तुलनामा पुसमा तीन वटा बैंकले ब्याजदर घटाएका छन् भने तीन वटा बैंकले बढाएका छन् । बाँकी १४ वटा बैंकले मंसिरको ब्याजदरलाई कायमै राखेका छन् ।
एनएमबी बैंक, प्राइम र कृषि विकास बैंकले व्याजदर बढाएका छन् । एनएमबिले ब्याजदर १.०३ प्रतिशत बिन्दुले बढाएर ६.६ प्रतिशत पुर्याएको छ । प्राइम बैंकले ०.५ प्रतिशत बिन्दुले बढाएर ६.२५ पुर्याएको छ । यस्तै कृषि विकास बैंकले पनि ब्याजदर ०.०४ प्रतिशत बिन्दुले बढाएर ५.५७ प्रतिशत पुर्याएको छ ।
मंसिरको तुलनामा पुसमा ब्याजदर घटाउनेमा एनआईसी एशिया बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन् । एनआईसीले मंसिरको तुलनामा ब्याजदर ०.१ प्रतिशत बिन्दुले घटाएर ६.६ प्रतिशत कायम गरेको छ ।
यस्तै सानिमा बैंकले ब्याजदर ०.१ प्रतिशत बिन्दुले घटाएर ६.०५ प्रतिशत रहेको छ भने नेपाल बैंकको ब्याजदर ०.३५ प्रतिशत विन्दुले घटाएर ५.०६ प्रतिशत पुराएको छ ।
बजारमा तरलता बढ्दै गएको अवस्थामा नेपाल राष्ट्र बैंकले बजारबाट पैसा तान्दै अन्तरबैंक व्याजदर पनि बढ्ने अवस्था सृजना गराएको थियो । त्यसैको परिणाम स्वरुप व्याजदर अहिले केहि बढ्न पुगेको हो ।