Back To Top

October 28, 2024

थाई एयर एसियाको जहाजलाई प्रतिबन्ध

Global Ime Bank AD

काठमाडौँ:

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि नेपालमा नियमित र  चार्टर उडान गर्न प्रतिबन्ध लगाएको छ ।

उडान अनुमति नलिई यात्रुसहित आइतबार थाइल्यान्डबाट काठमाडौँ आएको उक्त जहाजलाई नेपालमा उडान प्रतिबन्धसँगै वायु सेवा कम्पनीको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) को इजाजतसमेत निलम्बन गरिएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कात्तिक ११ देखि चैत २४ सम्म सुरु भएको हिउँदे उडान तालिका अनुसार उडान अनुमति नलिई नेपाल प्रवेश गरेको वायु सेवालाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा सम्पूर्ण उडान रद्द गरिएको छ । उसको जिएसएलाई दिइएको अनुमतिसमेत खारेज गरिएको छ ।

वायुयानलाई अनुमति नलिई काठमाडौँ ल्याउने काम सम्बन्धित जिएसए कम्पनीको भएकाले जिएसए खारेज गरिएको हेा । थाई एयर एसियाको नेपालका लागि जिएसए कम्पनी युनिभर्सल टुर्स एन्ड ट्राभल हो ।

Global Ime Bank
Prev Post

उद्योगीको गुनासोः हामी प्रताडित भयैाँ

Next Post

तीन उद्योगले बक्यौता बुझाए

post-bars

Leave a Comment