Back To Top

October 23, 2024

उद्योगको लाइन काटिन्न, कुलमान हटाउने पनि होइनः ऊर्जा मन्त्री

Global Ime Bank AD

काठमाडौ:
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाईन विवादमा आफ्नो विनियम अनुसार महशुल नतिरेका उद्योगको लाईन काट्ने सूचनाका बीच ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले उद्योगमा लाईन काट्न नदिइने संकेत गरेका छन् ।

बुधबार सरकारका १ सय दिनका उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले महशुल उठाउनु पर्नेमा पर्याप्त प्रमाण उद्योगीले नपाइरहेको पनि उल्लेख गरे । महशुल उठाउनु पर्छ भन्दै गर्दा तिर्नु पर्ने भनिएको महशुलबारेको प्रमाण माग गर्नु उनीहरुको अधिकार पनि हो,” उनले भने, “यस विषयमा संसदको सार्वजनिक लेखा समितिले अध्ययन गरिरहेको छ आवश्यक निचोड आउला । अन्यथा हामी आपसी समन्वयमा समाधान निकाल्ने हो । तर लाईन काट्नु समाधान होइन ।”

महशुल विवादका विषयलाई लिएर सरकारले प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङलाइ हटाउने प्रयास गरेको प्रश्न पत्रकार सम्मेलनमा उठेको थियो । सो प्रस्नमा उनले सरकार र आफले त्यस्तो आवश्यकता महसुस नगरेको र आवश्यक पनि नदेखिएको बताएका थिए ।

घिसिङ समेत उपस्थित पत्रकार सम्मेलनमा उनले भने, “यो बाहिर आएको हल्ला मात्र हो । सरकारले उहाँलाइृ हटाउने भन्ने सोचेको पनि छैन ।”

मन्त्री खड्काले महशुल असुल गर्न लाइन काट्दा रोजगारी र अर्थतन्त्रमै प्रभाव पर्ने जिकीर गरे । असुल गर्नु नै पर्ने ठहरिए त उनीहरुको सम्पत्तीबाट पनि असुल हुन सक्छ, लाइन काट्नु समाधान होइन ।”

Global Ime Bank
Prev Post

उर्जामा सरकारका १०० दिन, प्रगति यस्तेा

Next Post

फेरि ब्युझियो महशुल विवाद तर भेटिन्न समाधान

post-bars

Leave a Comment