Back To Top

October 5, 2024

उद्धार कोषमा एकैदिन रु तीन करोड हस्तान्तरण

Global Ime Bank AD

काठमाडौँ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन रु तीन करोड भन्दा बढी रकम हस्तान्तरण भएको छ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आज आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

कोषमा कृषि विकास बैँक एक्लैले रु १ करोड ५० लाख जम्मा गरेको छ ।  कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो ।

शुक्रबार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापा र कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।  एसबिआइ बैँकबाट रु २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट रु ३१ लाख, नेपाल पूर्वाधार विकास बैँकबाट रु २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख र सिमेक्स इन्क प्रालि (बिवाइडी) कम्पनीबाट र ५१ लाख रकम कोषलाई प्रदान भएको छ ।

प्रधानमन्त्री ओलीले कोष रकम बाढी, पहिरो र डुबानका कारण भएको ठुलो धनजनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

किसानहरुको पाकिसकेको बालीसमेत प्रभावित भएकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको पनि उनले बताए । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा रु १ अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट पनि सहयोगको क्रम जारी रहेको छ ।


राहत कोषका लागि चेक हस्तान्तरण गर्दै बीवाईडी नेपालका प्रतिनिधि ।

Global Ime Bank
Prev Post

विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

Next Post

नेपाल-भियतनाम व्यापार तथा लगानीबारे समझदारी

post-bars

Leave a Comment