Back To Top

October 3, 2024

विद्युत् व्यापार संझौता क्षेत्रीय विद्युत् व्यापारको कोशेढुँगा

Global Ime Bank AD

काठमाडौः
लाग्न सक्छ नेपालबाट करिव १ हजार मेगावाट विद्युत् निर्यात भइरहेकामा ४० मेगावाट बंगलादेश निर्यातको संझौता हुनु त्यति ठूलो उपलब्धी होइन । तर त्यही संझौतालाई नेपाल भारत तथा बँगलादेशका उच्च पदस्थ अधिकारीहरुले क्षेत्रीय अन्तरआवद्धता निर्माणको कोशे ढुँगाका रुपमा व्याख्या गरेका छन् ।

नेपालले संझौता गरेको यो परिमाणको विजुलीबाट वार्षिक ९२ लाख अमेरिकी डलर प्राप्त हुने छ । तर यौ मौद्रिक मूल्य भन्दा पनि यो संझौतालाई सरोकारका उच्च अधिकारी कोशे ढुँगाका रुपमा ब्याख्या गरेका छन् ।

बिहीबारको विशेष समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले नेपालले इतिहासमै पहिलो पटक तेस्रो मुलुकमा विद्युत् निर्यात गर्न सफलता मिल्नु दक्षिण एसियाली क्षेत्रकै लागि महत्वपूर्ण कोशे ढुँगा बनेको बताए ।

उनले भने, “ यो नेपालका लागि मात्र नभएर दक्षिण एसिया तथा बीबीआइएन क्षेत्रका लागि पनि महत्वपूर्ण र ऐतिहासिक हो ।” मन्त्री खड्काले उक्त संझौताले नेपालको छिमेकी राष्ट्रहरुको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउने आधार खडा गरेको र ऊर्जा क्षेत्रका साझ लक्ष्य प्राप्तीका लागि भारत बँगलादेशसँग मिलेर सहकार्य गर्न नेपाल सरकार तयार रहेको धारणा राखे ।

यहि कार्यक्रमकै गरिमा बन्न आमन्त्रण गरिएकी बंगलादेशका अन्तरिम सरकारका वन वातावरण जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री(सल्लाहकार) सैयदा रिजवना हसनले त्रिपक्षीय सम्झौता दक्षिण एसियाली मुलुकहरुको साझा समृद्धि र अन्तरआवद्धता सृजना गर्ने दिशामा कोशे ढुँगा भएको टिप्पणी गरिन् । “ बँगलादेशको राष्ट्रिय माग विश्वव्यापी आवश्यकता र दिगो विकासको लक्ष्य सुरक्षित गर्न यो संझौताले उल्लेख्य महत्व राख्दछ ।”

नेपालका लागि भारतीय राजदुत नविन श्रिवास्तवले भारतले नेपालसँग सफलता पूर्वक ऊर्जा साझेदारीलाई अगाडी बढाइरहेको चर्चा गर्दै यसलाई अझै विस्तारित बनाउने बाचा गरे ।

कार्यक्रमा सम्बोधन गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रका दक्षिण एसियामा विस्तार हुँदै गरेको साझा समान धारणा तथा आपसी सहकार्यको प्रतिफल स्वरुप यो संझौता भएको बताए ।

नेपाल दक्षिण एसियामा तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने पहिलो मुलुक बनेको भन्दै उनले नेपालको विद्युत् सो क्षेत्रका लागि साझा समृद्धि र काबर्न उत्सर्जन न्युनीकरणको आधार बन्ने धारणा राखे ।

विद्युत् व्यापार संझौता कावर्न उत्सर्जन न्युनीकरण, विभिन्न देशका नागरिकहरु बीचको सहसम्बन्ध विस्तार साझेदारीको नमुना पनि हो,” उनले भने, “ ऊर्जा क्षेत्रमा हुँदै आएका निरन्तर सहकार्यको यो उत्कृष्ट सुरुवाती नमुना हो ।”

Global Ime Bank
Prev Post

इतिहास रच्दै विद्युत् व्यापारमा त्रिदेशीय संझौता

Next Post

‘संघीयताको सफलता तल्ला सरकारको वित्तीय सक्षमतामा निर्भर’

post-bars

Leave a Comment