Back To Top

August 9, 2024

प्राधिकरणको ८ वर्ष: नाफामा निरन्तर प्रगति

Global Ime Bank

काठमाडौं।
आठ वर्ष पहिले आँकडा अनुसार नेपाल विद्युत् प्राधिकारण त्यसबेला ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटा थियो । तत्कालीन विद्युत् अभावको हाहाकार चिर्दै आम जनतामाझ लोडसेडिङ हटाएर चर्चामा आएका कार्यकारी निर्देशक कुलमान घिसिङकै नेतृत्वमा रहँदा अहिले नेपाल विद्युत् प्राधिकरण ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको देखिएको छ ।

तथ्याङ्क अनुसा आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८० करोड रुपैयाँ खुद नोक्सानीमा प्राधिकरण नोक्सानीमा थियो तर त्यसयता भने प्राधिकरणले नोक्सानी तर्पm त हेर्नु परेन नै सञ्चित नाफाको ग्राफ बढ्दै गएको तथ्याङक शुक्रबार उनले सार्वजनिक गरेका छन् । दोस्रो कार्यकाल तीन वर्ष पुरा भएको अवस्थामा आयोजित पत्रकार सम्मेलनमा उनले सार्वजनिक गरेको विवरण अनुसार यो तीन वर्षमामात्रै प्राधिकरणको खुद नाफामात्रै ३६ अर्ब भन्दा धेरै छ । विवरण अनुसार सञ्चित नाफा आ.व. २०७८/७९, २०७९/८० र २०८०/८१मा क्रमश  रु.२४ अर्ब ७७ करोड, ३३ अर्ब ६४ करोड र ४७ अर्ब ४१ करोड (अपरिष्कृत) रहेको छ । पहिलो कार्यकालसमेत जोड्दा प्राधिकरणले यो अवधिमा ८२ अर्ब रुपैयाँ नाफा गरेको बताएका छन् ।

विवरण अनुसार प्राधिकरणको आम्दानी १ खर्व १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्र् िआठ वर्षअघि २ खर्व ११ अर्व रुपैयाँ रहेकोमा हाल ६ खर्व ३२ अर्व रुपैयाँ पुगेको छ । उनका अनुसार आर्थिक वर्ष २०७३र७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउंदै प्राधिरणले सुरु गरेको आफ्नो नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

यहीबीचमा प्राधिकरणले विद्युतको महसुल ३ पटक गरी करिव २५ प्रतिशत घटाइए पनि नाफामा बृद्धि नै भइरहेको छ,’ घिसिङले भने, ‘प्राधिकरणका करिब ५० लाख ग्राहकमध्ये करिव २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी ऊर्जा निःशुल्क गरिएको छ ।’
इक्रा नेपालले गरेको क्रेडिट रेटिङ्मा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको छ । यसबाट प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग बहन गर्न सक्ने क्षमतामा देखिएको छ ।

“प्राधिकरणको नाफा यसर्थ ग्राफमा देखिने कोरा अङ्क मात्र होइन, यो त विद्युत विकासका पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी हुने भरपर्दो स्रोत पनि बनेको छ ।” उनले भने, “१० प्रतिशत सेयर आम सर्वसाधारणलाई निश्कासन गरी सङ्कलन गरिएको रकम ठूला जलविद्युत आयोजनाहरुमा लगानी गर्ने दिशामा प्राधिकरण अघि बढिसकेको छ ।”

विद्युत् प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार तथा सुदृढीकरणमा ठूलो लगानी परिचालन गरिएको उनको भनाइ थियो ।
विगत ८ वर्षमा मात्र प्राधिकरण करिव एक खर्ब रुपैयाँ पूँजिगत लगानी गर्न सक्षम भएको विवरणमा देखाइएको छ । प्राधिकरणले अन्तराष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मुल्यांकन गरेको छ जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको छ ।
देशभरी रहेको जग्गाहरुको एकिन गरी करिव ४० हजार २ सय रोपनी जग्गाको पहिचान भएको छ भने गत वर्ष मात्र काठमाडौ उपत्यका भित्रको करिव ७२ रोपनी १२ आना जग्गाको पूर्जा प्राप्त भएको उनले जानकारी दिए ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको छ । विद्युत् निर्यात परिमाण हरेक वर्ष बढ्दै जाँदा गत आवमा प्राधिकरण खुद निर्यातक समेत बनेको छ ।
नेपालले औपचारिक रुपमा विद्युत निर्यात नोभेम्बर २०२१ बाट शुरु गरेको थियो । निर्यातको मात्रा बढ्दै गएर गत आवमा प्राधिकरणले १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षमा आयातभन्दा करिव १३ करोड रुपैयाँ बढी हो । पत्रकार सम्मेलनमा घिसिङले भने, ‘यो नेपालको जलविद्युत विकासका लागि कोशेढुङ्गो हो, महत्वपूर्ण प्रस्थान विन्दु हो ।’ बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यातका लागि लागि आवश्यक गृहकार्य पूरा गरी नेपाल, भारत र बंगलादेशका निकायहरुबीच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको छ ।

‘बंगलादेशमा सिर्जना भएको राजनीतिक असहजताको अवस्थाले हाल सम्झौता रोकिए तापनि अवस्था सहज हुनासाथ सम्झौता सम्पन्न गरी यसै वर्ष विद्युत् निर्यात सुरु हुने विश्वास लिएका छौं,’ घिसिङले भने ।ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा घिसिङले आर्थिक आव) २०७८र७९ र आव २०७९र८० मा क्रमश ९४।२३ र ९८।९४ प्रतिशत अंक पाएका छन् ।
प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि २ खर्ब ११ अर्व रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्व रुपैयाँ पुगेको छ । प्राधिकरणले अन्तराष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मुल्यांकन गरेको छ जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको छ ।

कुलमानले आगामी वर्षहरुमा पनि खर्च कटौती, विद्युत विक्रीमा बृद्धि, चुहावट नियन्त्रण, आन्तरिक उत्पादन वृद्धि, उत्पादित विद्युत आन्तरिक बजारमा खपत नभएमा निर्यात गर्ने, अन्य आम्दानीमा वृद्धि आदिकार्यहरु गरी खुद मुनाफामा वृद्धि गरिने प्रतिबद्धता पत्रकार सम्मेलनमा गरेका छन् ।

Prev Post

इटहरीमा चल्नेछन् विद्युतीय बस

Next Post

ठूला दलको सरकारबाट आर्थिक सुधारको अपेक्षाः ढकाल

post-bars

Leave a Comment