Back To Top

August 2, 2024

इलेक्ट्रोलाईजरको माग घट्ने आँकलन

Global Ime Bank AD

बर्लिन
जर्मनीको ठूला मध्येको एक इलेक्ट्रोलाइजर कम्पनी थिसेनक्रुप नुसेराले आगामी दिनमा इलेक्ट्रोलाइजरको माग घट्न सक्ने आँकलन गरेको छ । उसले अप्mना लगानी कर्ताका लागि पठाएको सूचना पत्रमा अगिल्लो त्रैमास तथा वर्तमानको अवस्था जस्तो बजारमा आपूर्ति हुने अवस्था नरहेको स्पस्ट पारेको हो ।
टाइम पत्रिकाको १०० सबैभन्दा प्रभावशाली फर्महरूमा उल्लेख गरिएको छ र केही कन्सल्टेन्सीहरूको अग्रणी इलेक्ट्रोलाइजर ओईएमको वरियतामा शीर्ष स्थानमा छ । थिसेनक्रुप नुसेराले गत शुक्रबार घोषणा गरेअनुसार तेस्रो त्रैमासिकको लागि लेखापरीक्षण नगरिएको परिणामको आधारमा, अवको पहिलो चार महिना यसले इलेक्ट्रोलाइजर बिक्रीमा ५५० मिलियन देखि ५५० मिलियन युरोमा सिमित हुने छ । कम्पनीले आफ्नो आर्थिक वर्षको पहिलो छमाहिना का लागि बिक्रीमा ६९ प्रतिशतले वृद्धि को घोषणा गरेको थियो, तर माग नै रद्ध हुने सक्ने खतरा भने सोही क्रममै कम्पनीले औल्याएको थियो ।

नुसेराका सीईओ वेर्नर पोनिकवारले नियमकीय तथा वित्तीय लाभको अनिश्चिताको कारण यो अवस्था आएको टिप्पणी गरेका छन् ।
नियामक पक्षको गतिविधिलाई हामीले सकारात्मक रुपमा नियालिरहेका छौ तर उनीहरुको त्यो प्रयासले समग्र लगानीको गति बढाउन सकिरहेको छैन, उनले भनेका छन्, “यसको परिणाम हाम्रा ग्राहक नयाँ परियोजनाहरू थप गर्न केही ढिलाइ गरिरहेका छन् ।

थिसेनक्रुप नुसेराले साउदी अरबमा २.२ गिगावाट क्षमताको नियोम ग्रीन हाइड्रोजन र अमोनिया परियोजना, स्वीडेनमा एच टु ग्रीन स्टीलको एकीकृत हरित इस्पात निर्माण परिसरमा सातसय मेगावाट, र नेदरल्याण्ड्समा शेलको हल्याण्ड हाइड्रोजन प्लान्टमा दुई सय मेगावाट क्षमताको अडर भने बुक भएको बताएका छन् ।

Global Ime Bank
Prev Post

बजेटका लक्ष्य भेटाउन आजैबाट खटौं:अर्थमन्त्री

Next Post

निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग ’

post-bars

Leave a Comment