Back To Top

July 3, 2024

हरित करबाट उठ्यो एक महिनामै २० करोड

Global Ime Bank AD

काठमाडौँ, १९ असार
आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत निर्धारण गरेको हरित कर वापत सरकारले १ महिनामै २० करोर रुपैयाँ कर प्राप्त गरेको छ । डिजेल र पेट्रोलमा प्रतिलिटर १ रुपैयाँका दरले निर्धारण गरेको करमार्फत सरकारले यो रकम उठाएको हो । ।

पेट्रोलियम पदार्थको आयातको एकाधिकार प्राप्त निकाय नेपाल आयल निगमले एक महिनाको अवधिमा आयात बिन्दुमै कर संकलन गरेर सरकारलाई बुझाउने व्यवस्था गरेको छ । जेठ १५मा सार्वजनिक बजेटमार्फत घोषणा गरिएको हरित कर सोही दिनदेखि नै लागु भएको थियो ।

खनिज इन्धन खपत दुरुत्साहन गर्ने र नविकरणीय ऊर्जा खपत प्रवर्दन गर्ने भन्दै अर्थमन्त्री वर्षमान पुनले करको यो नयाँ सिर्षक थपेका हुन् । यसले हरित करबापत उपभोक्तालाई इन्धन खरिदमा महँगो पर्ने गर्छ । यहि अनुपात अनुसार निगमले वार्षिक दुई अर्ब ४० करोड रुपैयाँ उठाउने देखिएको छ । इन्धनमा लगाएको करले गर्दा उपभोक्तालाई इन्धन खरिदमा थप भार पर्ने गर्छ । पूर्वाधार कर, सडक मर्मत दस्तुर, वातावरण शुल्कलगायतका अन्य शीर्षकमा उपभोक्ताबाट रकम असुल्ने गरिन्छ ।
यस्तै फर्नेस आयल, बेस आयलमा ०.५ प्रतिशतरतिशत र लुब्रिकेन्ट आयलमा एक प्रतिशत हरित कर लाग्ने व्यवस्था छ । पेट्रोलियम तेल र बिटुमिनयुक्त खनिजबाट प्राप्त तेल, ७० प्रतिशत वा सोभन्दा बढी पेट्रोलियम तेलमा पनि एक प्रतिशत कर लाग्ने विधेयकमा उल्लेख छ ।
भन्सार विभागका अनुसार ११ महिनामा सबैभन्दा धेरै दुई खर्र्ब ६२ अर्ब ६२ करोड ७० लाख रुपैयाँको डिजेल , ६२ अर्ब ८७ करोड ७३ लााख ३५ हजार रुपैयाको पेट्रोल र ५१ अर्ब ७२ करोड ६७ लाख रुपैयाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ ।

Global Ime Bank
Prev Post

‘प्रक्रियागत सरलीकरण आयोगको प्राथमिकतामा’

Next Post

एफएनसीसीआई फर्कियो निर्वाचित अध्यक्षकै विधिमा

post-bars

Leave a Comment