तोरीबारीमा एकैपटक मरे नौ वटा मृग
काठमाडौ ।
नबलपुरको देवचुली नगरपालिका–१३ मा रहेको मातृभुमी मध्यवर्ती सामुदायिक वनमा एकै पटकमा र एकै स्थानामा नौ वटा मृत फेला परेको छन् । किषानले तोरीमा किरालाग्न नदिन विषादी छरेको र त्यस्तो तोरी मा राती मृग चर्दा विषादीका कारण मरेको हुन सक्ने चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । मृग सरकारले संरक्षण गर्ने मुख्य जन्तुमध्ये पर्छ ।
कार्यालयका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार मृत भेटिएका मृग को बाहिरी शरिरमा कुनै चोट लागेको छैन । विषादीको आशंका रहेपनि वास्तविकता के हो भन्निे यकिन गर्न मृत मृगको पोष्टमार्टम गरिएको छ । रिपोर्ट प्राप्त गर्न केहि दिन लाग्ने मगरले जानकारी दिए । चितवनमा विषादीको परीक्षण प्रयोगशाला नभएकाले पोष्टमार्टमको नमूना विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको छ ।
नवलपुरमा पछिल्लो समय तरकारी तथा बालीनालीमा अत्यधिक विषादी प्रयोग गर्ने क्रम बढ्दो पाइएको छ । देवचुली रजहर लगायत चितवनमा पनि विषादी प्रयोग अनियन्त्रित छ । पछिल्लो पटक देबचुलीमा उत्पादित काउलीमा ९८ प्रतिशतसम्म विषादी पाइएको थियो ।
निकुञ्जबाट गैंडाले तारजाली भत्काउने र त्यहि स्थानबाट मृग पनि बारीमा आउने गरेको छन् । तीन वर्षअघि पनि यही ठाउँमा १५ वडा मृग मरेको जनाइएको छ ।