Back To Top

July 23, 2024

विद्युतीय सवारीः आयात र कर दुबै बढ्दै

Global Ime Bank

काठमाडौं ७ असार
वातावरणीय जोखीम न्यूनिकरण र स्वदेशी विद्युत खपत प्रवर्दनको उदेश्यअनुसार सरकारले विद्युतीय सवारी आयात तथा खरिदलाई प्रवर्दन गरिदिँदा गत २९ अर्ब ४८ करोड रुपियाँ बरावरको विद्युतीय कार जीप र भ्यान आयात भएको देखिएको छ । कुल ११ हजार ७ सय १ युनिट ईभी (कार, जिप, भ्यान) भित्रिएका भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्षमा ८५ अर्ब ७४ करोडको गाडी आयात भएकोमा २९ अर्ब ४८ रुपैयाँ बराबरको ईभी (कार, जिप, भ्यान) मात्रै भित्रिएको भन्सार विभागले जनाएको छ । विद्युतीय गाडी आयातबाट सरकारले १३ अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त गरेको भन्सार विभागले जनाएको छ ।
चालु आर्थिक वर्षमा सरकारले कर वढाउन सक्ने आसंकामा गत वैशाख र जेठमा ठूलो संख्यामा आयात भएको विद्युतीय गाडी (ईभी) असारमा भने घटेको छ । चालु आवका लागि आर्थिक विधेयक मार्फत इन्ट्री लेभलदेखि सबै गाडीमा भन्सार र अन्तःशुल्क गरेर सरकारले १० प्रतिशत कर बढाएको छ । जेठमा मात्रै २ हजार ९सय ६९ युनिट इभी आयात भएको थियो । तर, असारमा भने २ सय ३५ युनिट मात्रै विद्युतीय गाडी आयात भएको भन्सार विभागले जनाएको छ । गत वैशाखसम्म ८ हजार ४ सय ९७ युनिट ईभी भएको देखिएको छ । वैशाखमा मात्रै १ हजार ४ सय ४ युनिट ईभी आयात भएको थियो ।

सरकारले गत वर्ष १५ जेठ २०८0 मा  आर्थिक विधेयक मार्फत पनि इन्ट्री लेभलका गाडीको कर बढाएको थियो । उक्त आर्थिक विधेयक मार्फत ५० किलोवाटसम्मका सवारीमा १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरेको थियो । ५० देखि १ सय किलोवाटसम्मका ईभीका हकमा १० प्रतिशतबाट बढाएर भन्सार महसुल १५ प्रतिशत पुर्‍याइएको थियो । सोही रेन्जको गाडीमा गत वर्षदेखि १० प्रतिशत अन्तःशुल्क पनि पुर्‍याएको थियो ।

१५ जेठ २०८१ मा आएको आर्थिक विधेयक मार्फत पनि ईभीमा कर बढेको छ । ५० किलोवाट र ५१ देखि १०० किलोवाट क्षमतामा भन्सार र अन्तःशुल्क ५,५ प्रतिशतले बढाएको छ ।

१०१ देखि २०० किलोवाटसम्म भन्सार यथावत् राखेर अन्तःशुल्क बढाएको हो । त्यसभन्दा माथि २०१ देखि ३०० किलोवाटसम्म भन्सार घटाएर अन्तःशुल्क बढाएको छ । ३०० किलोवाटभन्दा बढी क्षमतामा पनि भन्सार घटाउर अन्तःशुल्क बढाएको हो ।

कर बढ्नु अगाडि इन्ट्री लेभलका ईभीको आयात उच्च देखिएको पनि कर बढे पनि आयात घटेको हो । असारसम्म भित्रिएका ईभीमध्ये ५० किलोवाटसम्म रेन्जका ४ हजार ५ सय ७१ र ५१ देखि १ सय किलोवाटसम्मको रेन्जका ६ हजार ८ सय ८५ युनिट ईभी भित्रिएका छन् । यस्तै १ सय १ देखि २ सय किलोवाटसम्मको रेन्जका ईभी २१७ युनिट भित्रिएको भन्सार विभागको तथ्यांक छ । २ सय १ देखि ३ सय किलोवाटसम्मको रेन्जका ईभी २७ वटामा मात्रै आउँदा ३०० किलोवाटभन्दा माथिको एक युनिट आएको भन्सार विभागले जनाएको छ ।

Prev Post

कोइलालाई उछिन्दै हरित ऊर्जा

Next Post

अन्ततः पुनः जोडियो उद्योगमा बिजुली

post-bars

Leave a Comment