Back To Top

October 9, 2024

पुल पुनः स्थापनाका लागि सरकारले २० वटा बेलिब्रिज किन्ने

Global Ime Bank AD
Insourance

काठमाडौं।

बाढी तथा पहिरोबाट देशभर क्षतिग्रस्त बनेका तथा बगेका पुल पुनः स्थापनाका लागि सरकारले २० वटा बेलिब्रिज किन्ने भएको छ ।
मंगलबार बाढीबाट क्षति भएका भौतिक पूर्वाधार निरीक्षणमा गएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस्तो बताएका हुन । तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

बाढीपहिरोले ३४ राजमार्गका विभिन्न पुल बगाएको छ । । बाढीपहिरोले बगाएका पक्की पुलको विकल्पमा हालका लागि बेलीब्रिज राख्ने हो ।
सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालसहितको टोली मन्थलीलगायत स्थान घुमेर चौतारास्थित जिल्ला प्रशासन कार्यालयमा विपद्ले पुर्याएको क्षतिबारे छलफल गरेको गृहमन्त्री लेखकको निजी सचिवालयले जनाएको छ।

मन्त्रीत्रयले सुनकोसी नदीको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार अवलोकनपछि सिन्धुपाल्चोकको भोटेकोसी क्षेत्रको अवलोकन गरेका थिए।

बाढीपहिरोबाट भएको क्षति तथा सडक पूर्वाधार पुनःनिर्माण, उद्धार र राहत सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत स्थानीयसँग तीन जना मन्त्री छलफल गरेका थिए।

United long banner ad
Prev Post

नोट जोगाउनू, दक्षिणा क्युआर गर्नूः राष्ट्र बैंक

Next Post

उद्धार कोषमा थपियो रु १६ करोड ४३ लाख

post-bars

Leave a Comment