Back To Top

October 27, 2025

हायात होटेल पुनर्निर्माणपछि सञ्चालनमा आउने

Global Ime Bank AD
Insourance

काठमाडौँ।

जेनजी आन्दोलनका क्रममा क्षति पुगेको पाँचतारे होटेल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ) ले पुनर्निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने भएको छ ।

होटेलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आइतबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्  ।

जेनजी आन्दोलनका क्रममा भएको क्षतिका कारण होटेल बन्द गर्ने सूचना जारी भएपछि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले सरकारबाट आवश्यक साथ सहयोग प्रदान गरिने आश्वासन दिइएको थियो । होटेल व्यवस्थापनले उक्त आश्वासनप्रति आभार व्यक्त गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा होटेलमा भएको क्षतिको मूल्याङ्कन भइरहेको र पुनर्निर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ सङ्कल्पसहित सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।

होटेल बन्द भएसँगै सम्बन्धित क्रियाशील ट्रेड युनियनले आफूहरूसँग कुनै छलफल नगरी होटेल व्यवस्थापनले अनिश्चितकालका लागि होटेल बन्द गर्ने निर्णय गरेकोप्रति आपत्ति जनाएका थिए ।

 

United long banner ad
Prev Post

सहज सञ्चारको अपेक्षामा सञ्चारमन्त्रीको कार्यकक्षमा जनता

Next Post

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा सहभागी हुन दिल्लीमा कुलमान

post-bars

Leave a Comment