Back To Top

August 27, 2025

सुध्रिएन नारायणी विकास बैंक, खराब कर्जा ५०प्रतिशत

Global Ime Bank AD
Insourance

यस बैंकको स्थलगत निरीक्षण गरेपछि नेपाल राष्ट्र बैंकले २०७० चैत्र २७ गते नारायणी बैंकलाई समस्याग्रस्त घोषणा गर्‍यो । राष्ट्र बैंकले निक्षेप स्वीकार, कर्जा प्रवाह, जमानत प्रदान गर्ने लगायतका कारोबार गर्न रोक लगायो ।बैंकका सञ्चालक र व्यवस्थापकको मिलेमतोमा जथाभाबी भएको लगानी डुबेपछि यो बैंक समस्याग्रस्त अवस्थामा पुगेको थियो ।
तर अवस्था अझै सुध्रिएको देखिँदैन । पछिल्लो वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा करिब ५० प्रतिशतमाथि पुगेको छ । गत आर्थिक वर्षमा यस बैंकको खराब कर्जा ५०.९७ प्रतिशत पुगेको हो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस बैंकको खराब कर्जा ४७ प्रतिशत रहेको  थियो । गत आर्थिक वर्षमा यस बैंक २ करोड ५१ लाख ६९ हजार २०३ रुपैयाँ नोक्सानीमा रहेको छ । बैंकको नोक्सानी पनि अघिल्लो आवको तुलनामा बढेको छ । अघिल्लो आवमा यस बैंकको नोक्सानी १ करोड ७८ लाख १८३ रुपैयाँमात्र थियो । यस बैंकको वित्तीय अवस्था वर्षेनी खस्किँदै गएको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले देखाउँछ ।
बैंकको खराब कर्जाको रेसियो उच्च हुँदा बैंक कमाएको अधिकांश रकम कर्जाको प्रोभिजनको लागि छुट्टाएको छ । जसको कारण गत आर्थिक वर्षमा यस बैंकको नाफा पनि नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षमा यस बैंकले खराब कर्जा व्यवस्थापन गर्नको लागि ‘टोटल लोन लस प्रोभिजन टु टोटल एनपिएल’ मा ७९.५५ प्रतिशत छुट्टयाएको छ । अघिल्लो आर्थिक वर्षमा यस बैंकले ७६.६८ प्रतिशत लोनको प्रोभिजन गरेको थियो ।
United long banner ad
Prev Post

‘मुस्ताङगीलाई लाग्न थाल्यो नखाएको विष’

Next Post

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान घटाइयो

post-bars

Leave a Comment