Back To Top

June 4, 2023

तल्लो अरुण पनि भारतीय कम्पनीलाई

Global Ime Bank AD
Insourance

काठमाडौं
अरुण नदी वेसिनमा रहेको तल्लो अरुण जलविद्यूत आयोजना भारतीय सरकारी कम्पनी सतलज जलविद्यूत निगमले(एसजेभीएन)ले नै बनाउने भएको छ । विभिन्न वार्ता तथा समझदारी र अध्ययनको चरण पार गर्दै एसजेभीएनले लगानी बोर्ड नेपालसँग आयोजना विकास संझौता सम्पन्न गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका अवसरमा यो बोर्डका अध्यक्ष सुशील भट्ट र एसजेभीएनका अध्यक्ष नन्दलाल शर्माले संझौतापत्रमा हस्ताक्षर गर्नु भएको हो ।

९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको क्यासकेड परियोजनाका रुपमा विकास गर्न सकिने भएकाले सतलजलले यो आयोजनामा विशेष चासो देखाउँदै आएको थियो । ६६९ मेगावाटको तल्लो अरुण आंशिक जलाशय जलविद्युत आयोजनाका रुपमा विकास गर्ने गरी सम्झौता भएको हो । अरुण तेस्रोकै हाराहारीमा नेपालले पाउने लाभ सुरक्षित गर्ने गरी जेठ १८ गते भारतको नयाँ दिल्लीमा यस्तो संझौता गरिएको लगानी बोर्डले जनाएको छ । लगानी बोर्डको ५४औँ बैठकले उक्त संभौतापत्र स्वीकृत गरेको थियो ।े ।

त्यसलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले पिडिएका लागि अन्तिम स्वीकृति दिएको थियो । लगानी बोर्डले तल्लो अरुणका लागि ९२.६८ अर्ब रूपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरिसकेको छ ।अरुण–३ मा भन्दा तल्लो अरुणमा केही थप नयाँ प्रावधान राखिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले जानकारी दिनुभयो । अरुण–३ सरकारले विश्वव्यापी प्रतिस्पर्धाका आधारमा सतलजलाई जिम्मा दिएको थियो । आयोजना सतलजको पूर्ण स्वामित्वमा निर्माण भइरहेको छ ।

आयोजनाबाट नेपालले २१ प्रतिशत विद्युत् निशुल्क प्राप्त हुनेछ । आयोजना विकास सम्झौता ९पीडिए० अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण(बुट)ढाँचामा निर्माण हुने आयोजनाले व्यापारिक रूपमा विद्युत उत्पादन गरेको २५ वर्षपछि चालू हालतमा निशुल्क रुपमा आयोजना सरकारले पाउनेछ । तल्लो अरुण सतलज जलविद्युत कम्पनीले निर्माण गर्न लागेको अरुण तेस्रोको ‘टेलरेस’ को पानी सिधैँ प्रयोग गरी तल्लो अरुणको विद्युत् उत्पादन गर्न सकिने भएकाले आयोजना असाध्यै आकर्षक मानिएको छ । सङ्खुवासभा र भोजपुरमा पर्ने आयोजनामा करिब १२.४ किलोमिटर लामो र १०.२ मिटर व्यास भएको सुरुङ निर्माण गर्नुपर्नेछ ।

अरुण तेस्रो जलविद्युत आयोजना बनाइरहेका बेला तल्लो अरुण पनि बनाउन पाउने भएपछि एसजेभीएनले आयोजना विकास तिव्र गतिमा गर्न सक्ने बताएको छ । भारतको हिमाञ्चलमा नाथ्वा झाँक्रीजस्ता परियोजना बनाएको सतलजले नेपाल र भुटानमा जलविद्युत परियोजना निर्माण गरिरहेको छ । आगामी पाँच वर्षभित्र तल्लो अरुणको निर्माण सम्पन्न हुने लगानी बोर्डको विश्वास छ ।

 

United long banner ad
Prev Post

बजेट २०८०/८१; ऊर्जामा अनकनाएको पाइला

Next Post

विद्यूत पूर्वाधारमा अवरोध, आपूर्ति प्रणालीमा प्रभाव

post-bars

Leave a Comment