Back To Top

December 15, 2025

ठूला भारु नोट नेपालमा पनि चलाउने तयारी

Global Ime Bank AD
Insourance

काठमाडौं ।

करिब एक दशकदेखि बन्देज गरिएको ठुला दरका भारतीय नोट नेपालमा पुनः चलाउन दिने तयारी भएको छ । सरकार र नेपाल राष्ट्र बैंकले नेपालमा ठुला दरका भारतीय नोट चलाउन दिने तयारी गरेको हो ।

नेपालमा बन्देज गरिएको भारतीय १०० सय रुपैयाँभन्दा माथिको नोट पुनः चलाउन मिल्ने गरी नियम बनाउन लागिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलले जानकारी दिए । ‘भारत सरकारसँग सरकारले लामो समय देखी यस्तो नोट चलाउन दिन माग गरिरहेको थियो ।’ पौडेल भन्छन्, ‘भारत सरकारले केही दिन अगाडी मात्र यो व्यवस्थामा सहज गरी दिएको छ । नेपालले पनि यसमा चाँडै नै सहजीकरण गर्ने तयारी भइरहेको छ।’

भारतीय ५०० र २,००० दरका नोट प्रयोग गर्न दिने प्रक्रिया छिट्टै औपचारिक रूपमा सार्वजनिक हुने छ ।  यसले नेपाल–भारत आवागमन गर्नेलाई राहत हुने  छ ।  पौडेलका अनुसार यससम्बन्धी आवश्यक कानुनी र प्राविधिक प्रक्रिया लगभग पूरा भइसकेको छ। अब नेपाल सरकारले राजपत्रमा प्रकाशित गर्ने र राष्ट्र बैंकले परिपत्र जारी गर्ने काम बाँकी छ ।

ठुला दरको भारतीय नोटमाथिको प्रतिबन्धको कारण भारत जाने नेपाली श्रमिक, अध्ययनका लागि जाने विद्यार्थी, धार्मिक तीर्थयात्री, उपचारका लागि भारत जाने बिरामी तथा नेपाल आउने भारतीय पर्यटकहरू समस्यामा परिरहेका थिए। साना दरका नोट मात्रै प्रयोग गर्नुपर्ने बाध्यताले यात्रुहरूलाई झन्झट हुनुका साथै लेनदेनमा कठिनाइ हुने गरेको थियो । जसको कारण नेपालले भारत सरकारलाई उक्त प्रतिबन्ध फुकुवा गर्न माग गर्दै आएको थियो ।

भारतीय केन्द्रीय बैंकले डिसेम्बर २ मा विदेशी विनिमय व्यवस्थापनसम्बन्धी नियम संशोधन गरेको छ । भारतको राजपत्रमा प्रकाशित संशोधनअनुसार अब यात्रुहरूले भारतीय २५ हजारसम्म जुनसुकै दरका नोट नेपाल लैजान र ल्याउन सक्नेछन्। यसका साथै २५ हजारभन्दा बढी दरका नोटसमेत गरी कुल रकम भारतीय १ लाखसम्म बोक्न पाउने व्यवस्था गरिएको छ।

नेपालमा ठुला दरका भारतीय नोट चलाउन दिनुपर्ने माग पर्यटन व्यवसायी, होटल व्यवसायी र क्यासिनो सञ्चालकहरूले पटक–पटक गर्दै आएका छन् । सरकारले यस्तो नोट प्रतिबन्ध फुकुवा गर्दा नेपाल आउने भारतीय पर्यटकका लागि पनि सहज हुने अपेक्षा गरिएको छ । नेपालको लागि सबैभन्दा धेरै पर्यटक आउने देश भारत हो।  उनीहरूलाई नोट प्रयोगमै समस्या हुनुले पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने व्यवसायीहरूको गुनासो छ।

United long banner ad
Prev Post

मधेशका अधिकांश पुल निर्माण अलपत्र

Next Post

चिसो बढेसँगै विद्युत उत्पादन प्रभावित

post-bars

Leave a Comment