Back To Top

August 7, 2025

कोशी प्रदेश खाद्यन्नको बचतमा

Global Ime Bank AD
Insourance

मोरङ । कोशी प्रदेशमा गत आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ७५ हजार २६७ हेक्टर जग्गामा कुल ११ लाख ८२ हजार २२१ मेट्रिक टन वर्षे धानबाली उत्पादन भएको छ । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार  प्रदेशमा कुल सात लाख १३ हजार ३३३ हेक्टर जग्गा खेतीयोग्य छ ।

सिँचाइको अभाव र अकासे पानीको निर्भरताका कारण किसानले सबै जग्गामा बाली लगाउन सकिरहेका छैनन् । ४.२९ मेट्रिक टन उत्पादकत्व रहेको धानबाली अघिल्लो वर्षको तुलनामा १.९७ प्रतिशत बढी क्षेत्रमा धान बढी लगाइएको थियो भने उत्पादन पनि ३.१९ प्रतिशत बढी भएको हो ।

निर्देशनालयका अनुसार सो अवधिमा ४३ हजार ८६८ हेक्टर जग्गामा चैते धान दुई लाख ३८ हजार ३०८ मेट्रिक टन, मकै दुई लाख ७७ हजार १६६ हेक्टर जग्गामा ११ लाख ६६ हजार १४८ मेट्रिक टन, कोदो ५७ हजार २७४ हेक्टर जग्गामा ८५ हजार ९७२ मेट्रिक टन, गहुँ ५१ हजार ६३५ हेक्टर जग्गामा एक लाख ३७ हजार ७३० मेट्रिक टन, फापर दुई हजार ८९६ हेक्टर जग्गामा चार हजार ७७५ मेट्रिक टन र जौ ९८६ हेक्टर जग्गामा एक हजार २८५ मेट्रिक टन उत्पादन भएको हो ।

सो अवधिमा सुन्तला आठ हजार १०७ हेक्टर जग्गामा ६४ हजार ८२४ मेट्रिक टन र हिउँदे फलफूल दुई हजार ८७३ हेक्टर जग्गामा २१ हजार ४४ मेट्रिक टन उत्पादन भएको थियो । सुन्तलाको उत्पादकत्व आठ मेट्रिक टन र हिउँदे फलफूलको उत्पादकत्व ७.३२ मेट्रिक टन रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा आव २०८१/८२ मा दलहन बाली ३५ हजार १३२ हेक्टर जग्गामा ४० हजार ९३७ मेट्रिक टन र तेलहन बाली ४१ हजार ६८१ हेक्टर जग्गामा ५१ हजार ५१५ मेट्रिक टन उत्पादन भएको निर्देशनालयका निर्देशक प्रकाशकुमार डाँगीले जानकारी दिए ।

उनका अनुसार आलु ६६ हजार ३९९ हेक्टर जग्गामा १० लाख ८७ हजार ४११ मेट्रिक टन, अलैँची १४ हजार १९१ हेक्टर जग्गामा सात हजार १५० मेट्रिक टन, उखु पाँच हजार ९३२ हेक्टर जग्गामा तीन लाख ४२ हजार २८५ मेट्रिक टन, च्याउ छ हजार १२१ मेट्रिक टन उत्पादन भएको हो ।

आलु र उखुको उत्पादन बढे पनि अलैँचीको उत्पादन ५.७ प्रतिशतले कमी भएको जानकारी उनले दिए । सरदर प्रदेशमा एक व्यक्ति १९१ किलो खाद्यान्न आवश्यकतालाई पूरा गरेर सो अवधिमा ६ लाख ९७ हजार ३५५ मेट्रिक टन बचत भई खाद्यान्नमा आत्मनिर्भर भएको जानकारी दिए ।

United long banner ad
Prev Post

अमेरिकाले लगायो भारतमाथि ५० प्रतिशत ट्यारिफ

Next Post

३४१ मेगावाटकाे बुढीगण्डकीमा लगानीको टुंगो

post-bars

Leave a Comment