Back To Top

July 9, 2024

एफएनसीसीआई फर्कियो निर्वाचित अध्यक्षकै विधिमा

Global Ime Bank AD
Insourance

काठमाडौं
२६ असार,

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अबदेखि पुनः प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । विधानमा महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुने प्रावधान महासङ्घको कार्य समितिले सोमबार सर्वसम्मत संशोधन गरेपछि महासंघ प्रत्यक्ष निर्वाचित अध्यक्षको बाटोमा फर्किएको हो ।

महासंघको अध्यक्षको निर्वाचनमा अधिक चासो र प्रतिश्पर्धा हुँदा गलत अभ्यासले प्रशय पाउने भन्दै १ दशक पहिले वरिष्ठ उपाध्यक्ष नै स्वतः अर्को कार्यकालमा अध्यक्ष हुने व्यवस्था गरिएको थियो । तर स्वतःको ब्यवस्थाले अनुभवी र वरिष्ठतम उद्यमी व्यवसायी प्रतिस्पर्धामै आउन असहज महशुस भएपछि महासंघ निर्वचित अध्यक्षकै बाटोमा फर्कन चाहेको थियो ।

वरिष्ठ उपाध्यक्षबाट पहिलोपटक अध्यक्षमा भवानी राणा पुगेकी थिइन भने त्यसपछि शेखर गोल्छा र हालका अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि बरिष्ठ उपाध्यक्षकै बाटोबाट महासंघ नेतृत्वमा आएका थिए । संसोधित व्यवस्था हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ अध्यक्ष बनेपछि मात्रै कार्यान्वय हुने महासंघ सचिवालयले जनाएको छ ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष नै निर्वाचनबाट चयन हुने भएको जानकारी दिए ।
कुशकुमार जोसी, चण्डी ढकाल लागायत पूर्व अध्यक्षहरुको नेतृत्वमा विधान संसोधन कार्यदल तथा समिति पनि बनेको थियो तर त्यसले निकास दिन सकेको थिएन । तर बर्तमान अध्यक्ष ढकालले निर्वाचनकै समयमा विधान संशोधन गर्दै अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने प्रतिवद्धता गरेका थिए । संसोधित प्रावधानले अब सक्षम व्यक्तिलाई प्रत्यक्ष रुपमा अध्यक्ष लड्न सहयोग पुग्ने ढकालले टिप्पणी गरे ।
संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जनाको व्यवस्था गरिएको छ भने हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ । महासङ्घको कार्यसमितिबाट संशोधित उक्त विधानलाई आगामी मङ्सिर मसान्तभित्र महासङ्घको विशेष साधारणसभाले पारित गर्ने महासङ्घले जनाएको छ ।

United long banner ad
Prev Post

हरित करबाट उठ्यो एक महिनामै २० करोड

Next Post

बिजुली किन्न बोलायो बंगलादेशले, प्रतियुनिट ६.४ सेन्ट

post-bars

Leave a Comment