Back To Top

August 6, 2024

अतिभारी वर्षाले विपदको खतरा, सचेत रहन सरकारको आह्वान

Global Ime Bank AD
Insourance

काठमाडौँ,
आज मंगलबार देशभर भइरहेको यो बर्षाले बुधबार पनि निरन्तरता पाउने भएको छ । जल तथा मौसम विभागले यो दुई दिन अति भारी र मध्ययमसम्म बर्षा हुने आँकलन गरेकाले जनजीवन प्रभावित हुने भएको छ ।

पूर्वी नेपालदेखि सुदूरपश्चिम भेगसम्मै अति भारी र मध्यम वर्षाको क्रम दुई दिन जारी रहने विभागले जारी गरेको विशेष मौसम बुलेटिनमा उल्लेख छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले अति भारी वर्षा हुने क्षेत्रमा हुन सक्ने संभावित प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी तथा उद्धार तयारी गर्न आवश्यक रहेको औल्याएको छ ।

भारीदेखि अति भारी वर्षाको सम्भावना रहेका ३६ जिल्लामा बाढी, पहिरोलगायतको उच्च जोखिम रहेको महाशाखाले औँल्याएको छ  महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका बाँकी केही स्थानमा अति भारी वर्षाको अनुमान गरिएको छ ।
मध्यमदेखि सामान्य वर्षा हुने सात जिल्लामा पनि खण्डित वर्षा हुन सक्ने भएकाले सतर्क रहन भनिएको छ । सोमबार रातिदेखि बुधबार रातिसम्म रातको समयमा बढी वर्षा हुने भएकाले पनि जोखिम बढ्न सक्ने अनुमान मौसमविद् कँडेलले गर्नुभयो । जसकारण सहरी भेग र तराईमा उच्च डुबान बढ्ने, राजमार्ग, हवाई यातायातसमेत प्रभावित हुने भएकाले मौसम सुधार नभएसम्म टाढाको यात्रा नगर्न महाशाखाले अनुरोध गरेको छ ।

 

United long banner ad
Prev Post

क्यान टुक्राउन सत्तारुढदलमै सहमति

Next Post

सडक सुधारका लागि विश्व बैंक १० करोड डलर ऋण

post-bars

Leave a Comment