Back To Top

August 8, 2025

सेवा आयातको लागि भुक्तानीको सीमा बढ्यो

Global Ime Bank AD
Insourance

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले सेवा आयातको लागि भुक्तानीको सीमा बढाएको छ । भारतबाहेक तेस्रो मुलुकबाट हुने सेवा आयातमा एक पटकमा ८ हजार डलरसम्मको भुक्तानीको लागि तोकिएका कागजात पेश गरेपछि राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ ।

यसअघि ५ हजार डलरसम्मको सेवा आयातमा मात्रै उक्त व्यवस्था थियो । तर, ८ हजार अमेरिकी डलरभन्दा बढीको विदेशी विनिमयमा दायित्व सृजना हुने गरी विदेशस्थित कुनै सेवा प्रदायकसँग सम्झौता गर्नु परेमा वा सेवा बापतको भुक्तानी गर्नु पर्ने भएमा आफ्नो नियामक निकायबाट स्वीकृति वा सिफारिस प्राप्त गर्नु पर्नेछ ।

बीमा कम्पनीको लागि बिमा प्राधिकरण, इन्टरनेट सेवा प्रदायहरूको लागि नेपाल दूरसञ्चार प्राधिकरण जस्ता प्रत्यक्ष नियमनकारी निकायको सिफरिस चाहिने भएको हो ।

United long banner ad
Prev Post

चार प्रदेशमा भारी बर्षाको सम्भावना

Next Post

डि–ट्यारिफ’ कार्यान्वयन गर्न इप्पानको माग

post-bars

Leave a Comment