Back To Top

November 16, 2025

विदेशी मुद्राको सञ्चिति पौने ३० खर्ब माथि

Global Ime Bank AD
Insourance

काठमाडौं ।

नेपालमा विदेशी मुद्राको सञ्चिति पौने ३० खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) मा विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ । २०८२ असार मसान्तसम्म विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको थियो ।

अमेरिकी डलरमा असार मसान्तसम्म यस्ताे सिञ्चिति १९ अर्ब ५० करोड रहेको थियाे। असोज मसान्तसम्म ८.७ प्रतिशतले बढेर २१ अर्ब २१ करोड पुगेको हाे।

राष्ट्र बैंकका अनुसार चालु आवको तेस्रो महिनासम्म विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।

यस्तो सञ्चिति कुल गार्हस्थ उत्पादनको तुलनामा ४८.८ प्रतिशत, आयातको तुलनामा १३६.६ प्रतिशत र विस्तृत मुद्रा प्रदायकसँगको अनुपातमा ३६.८ प्रतिशत रहेको देखिएको छ । कुल विदेशी सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तसम्म २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा असोजसम्म १०.५ प्रतिशतले बढेर २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ ।

United long banner ad
Prev Post

वनमार्फत कार्बन बेचेर नेपालले पायो ९४ लाख डलर

Next Post

वाणिज्य बैंकहरूले घटाए ब्याजदर

post-bars

Leave a Comment