Back To Top

March 18, 2025

लोडसेडिङको हल्लाले पूर्वका उद्योगी ससंकित

Global Ime Bank

विराटनगर
भारतले बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म विद्युत् निर्यात पूर्ण रुपमा कटौति गर्न थालेपछि विराटनगर क्षेत्रका उद्योगीहरु लोडसेडिङ हुने डरले ससंकित भएका छन् । भारतले राती बिजुली नदिँदा औद्योगिक प्रतिष्ठानहरुमा दैनिक १२ घण्टा भन्दा बढि लोडसेडिङ हुन सक्ने भनी विभिन्न संचार माध्यममा समाचार आएको भन्दै उनिहरुले चिन्ता जनाएका हुन् ।

उद्योग संगठन मोरङले गत पुसदेखि नै उद्योगहरुमा दैनिक ४–६ घण्टा विद्युत आपूर्तिको समस्या झेलिरहेको भन्दै अवस्थालाई थप कष्टकर हुन नदिन सरकार र सम्बद्ध निकायसँग माग गरेको छ । संगठनले विद्युत आपूर्तिको दिर्घकालिन व्यवस्थापन गरी समस्या समाधानका लागि कुनै ठोस पहल र प्रयास नभएकोमा चिन्तित समेत तुल्याएको छ र्। यस अवस्थाले उद्योगहरुमा ६–१२ घण्टासम्म विद्युत आपूर्ति पूर्ण रुपमा वन्द गर्ने विषयले थप अन्यौलता थपेको छ,’ संगठनले विज्ञप्ती जारी गर्दै भनेको छ ।

बजारमा कहिले तरलता अभाव, कहिले ब्याज बृद्धि, आर्थिक संकुचन एवं कहिले झ्याप्प कसिलो त कहिले खुकुलो गर्ने नीतिगत अस्थिरताको चपेटामा नेपालको औद्योगिक क्षेत्र पर्दै आएको र हाल आएर पर्याप्त भनिएको विद्युत जस्तो आधारभूत तथा संवेदनशिल श्रोतको उपलब्धतामा समेत आयातमा आश्रित हुनु पर्ने अवस्थाले अन्योलता बढेको औल्याइएको छ ।

उर्जा उद्योगको आधारभूत कच्चा पदार्थ भएकाले माग अनुसारको विद्युत नियमित आपूर्ति हुने सुनिश्चीततासंगै एउटा लगानीकर्ताले उद्योग कलकारखानामा लगानी गर्ने गरेको भन्दै विद्युत आपूर्तिमा देखिएको अनिश्चितताका कारण भएको लगानी जोखिममा पर्ने मात्र नभई नया लगानी समेत प्रभावित हुने निश्चित भएको संगठनले औल्याएको छ ।

Prev Post

माथिल्लो रावाखोलाको विध्युत उत्पादन बन्द

Next Post

छेन्दु-पोखरा व्यावसायिक चार्टर उडान सुरु

post-bars

Leave a Comment