Back To Top

December 28, 2025

रसुवागढी नाका आजदेखि सञ्चालनमा

Global Ime Bank AD
Insourance

काठमाडौ।

गत असार २४ गते लेन्देखोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्र भएसँगै नेपाल–चीन सीमावर्ती रसुवागढी नाका सञ्चालनमा आउने भएको छ ।

चिनियाँ पक्षले  सार्वजनिक गरेको सूचनाअनुसार आजआइतबारदेखि नाका औपचारिक रुपमा खुला हुनेछ । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार सीमापार ढुवानीमा संलग्न नेपाली सवारी चालकहरु मात्र चीनतर्फ प्रवेश गर्न पाउने छन् ।

चीन प्रवेशका लागि निवेदन दिएका सवारी चालकलाई आइतबारदेखि अनुमति दिइने सूचना चिनियाँ पक्षबाट प्राप्त भएको छ । आगामी जनवरी १, २०२६ देखि भने एकतर्फी पालैपालो प्रणालीमा सवारी आवागमन सञ्चालन हुनेछ ।

पन्थीका अनुसार जनवरी १ देखि मालवाहक सवारी साधन र व्यापारीलाई पनि नाकाबाट आवागमनको अनुमति दिइनेछ । नाका खुले पनि तत्काल सबै प्रकारका सवारी साधन सञ्चालन हुने भने छैन ।

चिनियाँ पक्षले जारी गरेको सूचनामा सीमापार ढुवानीमा संलग्न यात्रुहरुलाई प्रवेश दिन सुरु गरिने उल्लेख छ । साथै, सबै विदेशी व्यापारिक प्रतिष्ठानहरुले समयमै सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने र नेपाल चालक तथा कर्मचारीहरुले प्रवेशअघि नै आवश्यक तयारी, सवारी साधन लोड तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने जनाइएको छ ।

आगमी जनवरी १ देखि भन्सार कार्यालयले भित्रिने र बाहिरिने सवारी साधनको निरीक्षणपछि मात्र आवागमनको अनुमति दिनेछ । यस अविधिमा एकतर्फी पालैपालो आवागमन प्रणाली कडाइका साथ लागू गरिने चिनियाँ पक्षको भनाइ छ ।

United long banner ad
Prev Post

ठूला दलका शीर्ष नेता भेट्दै सञ्चारमन्त्री खरेल

Next Post

पाँच महिनामा साढे १९ अर्ब रुपैयाँको व्यवसाय

post-bars

Leave a Comment